शनिश्चरे नगर अस्पतालको शिलान्यास
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा १५ शैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ । अर्जुनधारा–९ स्थित बाह्रघरेमा निर्माण नगर अस्पताल भवन निर्माणका लागि बिहीवार शिलान्यास गरिएको हो ।

प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले नगर अस्पतालको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । १८ करोड लागतमा निर्माण हुने अस्पताल बहुवर्षे आयोजना हो । अस्पताल शिलान्याससँगै निर्माणको आवश्यक प्रक्रिया शुरु गरिएको मेयर रानाले जानकारी दिए ।
अस्पताल निर्माणका लागि स्थानीय खेम बराल, पारस बराल, कृष्ण बराल र नरेन्द्र बरालले १ विगा २ कठ्ठा १० धुर जग्गा सहयोग गरेको स्वास्थ्य शाखा प्रमुख मुकुन्दराज बस्नेतले जानकारी दिए ।
