बैशाख २५, २०८१ मंगलबार

एमालेबाट उम्मेद्वार सिफारिस गर्न बाह्रदशीमा आकांक्षीबिच चुनाव जारी

बिर्तामोड । झापाको बाह्रदशीमा एमालेको उम्मेद्वार सिफारिसका लागि निर्वाचन भइरहेको छ । आज १२ बजेदेखि निर्वाचन शुरु भएको थियो । समाचार तयार गर्दा सम्म २०० मत खसेको छ । बाह्रदशीमा मतदाता संख्या ३१५ छ ।

गाउँपालिका अध्यक्षका लागि जिल्ला कमिटी सदस्य देवेन्द्र चम्लागाई, प्रदेश सदस्य पदम थापा र जिल्ला कमिटी सदस्य टेकप्रसाद आचार्यबीच आन्तरिक चुनाव भइरहेको छ । यसअघि लक्ष्मण पाठक र बुद्धराज कार्की समेतको चर्चा थियो । उनीहरु सहमतिका लागि निर्वाचनमा सहभागी भएनन् ।

यस्तै, उपाध्यक्षका लागि रविना ढकाल, गंगा देवि धिताल, रेनुका भुर्तेल, विन्दादेखि अधिकारी निरौला, शान्ता खरेल उम्मेद्वार सिफारिसका लागि आन्तरिक चुनावमा सहभागी भएका छन् । बाह्रदशीको वडा नं. ६ र ७ मा सर्वसम्मत भइसकेको छ भने अन्यमा निनर्वाचन गरिएको छ ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  १ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]