बैशाख २७, २०८२ शनिबार

अर्जुनधाराको मेयरमा एमालेबाट बलदेव गोम्देन सर्वसम्मत सिफारिस

बिर्तामोड । नेकपा एमाले अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा सिफरिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।

अर्जुनधाराका वडाध्यक्ष समेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए । सहमतिबाटै मेयरको उम्मेद्वार टुङ्गो लगाएको अर्जुनधाराले उपमेयरको उम्मेद्वार पनि सर्वसम्मत गर्ने गरि छलफल गरिरहेको छ ।

मेयरको उम्मेद्वार सिफारिसका लागि सर्वसम्मत भएका गोम्देन राजनीतिकसँगै सामाजक सेवामा क्रियाशिल व्यक्ति हुन् ।

प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार  १ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]