बैशाख ११, २०८१ मंगलबार

हल्दिवारीबाट अध्यक्षमा तीन जनाको नाम सिफारिस

बिर्तामोड । नेकपा एमाले हल्दिवारीले पालिका अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ । आज सम्पन्न सचिवालय बैठकले अध्यक्षको उम्मेद्वार आकांक्षीहरु डम्बर गिरी, त्रिलोचन सापकोटा र मोहन रेग्मीको नाम जिल्ला कमिटीलाई सिफरिस गरेको इञ्चार्ज नरेश चुडालले जानकारी दिए ।

गिरी नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य एवम् हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष हुन् । यस्तै, सापकोटा पार्टीका हल्दिवारी अध्यक्ष हुन् भने वडा नं. १ का वडाध्यक्ष समेत हुन् ।

रेग्मी पार्टीका प्रदेश कमिटी सदस्य हुन् । उनी ०४९ र ०५४ का साविक हल्दिवारी गाविसका अध्यक्ष हुन् । हल्दिवारीले तीन जनाको नाम आन्तरिक चुनाव नगर्ने सहमतिमा सिफारिस गरेको जनाएको छ । उपाध्यक्षमा ६ जनाको नाम पठाएको बुझिएको छ ।

प्रकाशित मिति : चैत्र २७, २०७८ आईतबार  ३ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]