बैशाख ७, २०८१ शुक्रबार

युवा संघले बनायो आगलागी पीडितको घर

बिर्तामोड । आगलागीबाट विचल्ली एक परिवारलाई घर निर्माण पश्चात हस्तान्तरण गरिएको छ । युवा संघ र युथ फोर्स बुद्धशान्तिमा घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

बुद्धशान्ति–५ पानीघट्टाका पेम्बा शेर्पाको घर आगलागीबाट क्षति पुगेपछि बस्न हुने घर निर्माण गरेर हस्तान्तरण गरेको युवा संघ बुद्धशान्तिका अध्यक्ष पवन खतिवडाले जानकारी दिए ।

पेम्बा शेर्पालाई घर हस्तान्तरणपछि लत्ताकपडा, खाद्यान्य लगायतका कुरा उपलब्ध गराइएको युथ फोर्स बुद्धशान्तिका संयोजक अरूण थेवेले जानकारी दिए । टिमाई नदीको बगरमा बस्दै आएका ७ सदस्यीय शेर्पा परिवार मजदुरी गर्दै बसेका छन् । उनीहरुलाई युवा संघले दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार  १० : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]