बैशाख १३, २०८१ बिहीबार

मेचीनगरमा बाथ रोग सम्बन्धी शिविर

मेचीनगर । झापाको मेचीनगरमा १ दिने निशुल्क बाथ रोग सम्बन्धी शिविर सम्पन्न भएको छ । स्थानीय मखमली महिला बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरबाट ५७ जनाले सेवा लिएका छन् ।

नेशनल बाथ रोग सेन्टर बिर्तामोडको प्रायोजनमा आयोजित शिविरमा परीक्षणसँगै औषधि समेत वितरण गरिएको थियो । नेशनल बाथ रोग सेन्टर काठमाडौं रातपुलको डा. मनिषा भोछिभोयाले निशुल्क परीक्षण गरेको बिर्तामोड सेन्टरका निर्देशन तुलसी उप्रेतीले जानकारी दिए । डा. भोछिभोयाले बाथ रोग बारे सर्वसाधरणलाई जानकारी समेत दिएकी थिइन् ।

शिविरमा मखमली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा देवी प्रधानले शुभकामना मन्तव्य राखेकी थिइन् ।

प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]