जेष्ठ ७, २०८१ सोमबार

भ्रष्टचारीहरुले धमाधम आत्महत्या गर्न थाले

काठमाडौं, १३ भदौ – परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सय बर्षदेखि विग्रारिएको  देशलाई बनाउन कम्तीमा पनि दश बर्ष लाग्ने बताउनुभएको छ । 

मदनभण्डारी फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले कुशासनले थिलथिलो भएको देश विस्तारै विधिको शासनमा आउन लागेको बताउनुभयो । ‘धेरै विकृतिहरु सुधार गर्नु छ ।,हामी नयाँ सिस्टममा गएका छौ । केही बर्ष त लाग्छ लाग्छ ।’ उहाँको भनाई थियो । 
संविधान अनुशार मुलुक चलेको बताउँदै उहाँले संघियता सम्बन्धी कुनै अनुभव नभएको बेलामा पनि गत बर्ष बजेट ७९ प्रतिशत खर्च भई इतिहासकै उच्च आर्थिक वृद्घिदर ७.५ हुनु उपलब्धी भएको बताउनुभयो । 

यो बर्ष विकास निर्माणका लागि  इतिहासकै सबैभन्दा बढि बैदेशिक लगानी आएको पनि परराष्ट्र मन्त्रीको भनाई थियो । एकै बर्षमा यत्तिधेरै कानून बन्नु पनि सरकारको अर्को उपलब्धी भएको उहाँको बनाई थियो । 

एक बर्षभित्र मूलूक संघियतामा गएर एकै बर्ष तीनबटै सरकार चलेको इतिहास विरलै हुने बताउँदै उहाँले संसारमा रहेका २८ वटा संघिय मुलुकमा यस्तो कहिल्यै नभएपनि नेपालमा भने तीनबटै सरकार चल्नु ठूलो उपलब्धी मान्नु पर्ने बताउनुभयो । 

‘स्रोतहरुको सिमित ता हुँदा हुँदै पनि एक बर्षमा ७ सय ६१ बटा सरकार खुट्टा टेकेर हिडेका मात्र छैनन् बजेटहरु बनाउँदै, कार्यन्वयन गर्दै र कानूनहरु बनाएर कार्यन्वयन गर्दै अघि बढेका छन् । यो अर्को उपलब्धी हो ’ उहाँले भन्नुभयो । 

लठभ्रद्र बनाएर छोडिएको पुर्न निर्माणको काम समेत ८० प्रतिशत सम्पन्न हुनु  सरकारको अर्को उपलब्धी भएको मन्त्री ज्ञवालीको भनाई थियो । मन्त्री ज्ञावलीले पुर्ननिर्माणको बाँकि काम समेत अबको दुईबर्षमा सकिने ठोकुवा गर्नुभयो । 

विस्तारै मुलुक बनिरहेको भन्दै उहाँले अबको ५ बर्ष भित्र सरकारले ठूला मुद्धा परियोजना सम्पन्न गर्ने बताउनुभयो । ‘यो बर्ष हामी विश्वकै १० तिव्र आर्थिक बृद्धि गर्ने देशमा पर्ने र अर्को बर्ष ८ मा पर्ने र विस्तारै टप फाइप देशमा पर्ने उहाँले भनाई थियो । कतिपयले सरकारलाई दलाल चरित्रको भएको आरोप लगाएको भन्दै उहाँले 
त्यसको खण्डन गर्नुभयो ।  उहाँले भन्नुभयो ‘श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना हुनु र बृद्ध भएको बेलामा पेन्सन दिने व्यवस्था गर्नु दलाल चरित्र भएको राज्यले गर्ने काम नभएको बताउनुभयो ।

 प्रधानमन्त्री रोजगार कार्यक्रम समेत त्यस्तै समाजवाद उन्मुख कार्यक्रम भएको उहाँले भनाई थियो । ‘सकुन्जेलसम्म अवसर दिने र नसक्ने अवस्थामा राज्यले हेर्ने गरी ल्याएका कार्यक्रम समाजवाद उन्मुख नभई दलाल चरित्रको कसरी हुन्छ ?  मन्त्री ज्ञावलीको प्रश्न थियो । 

राज्यमा व्यक्तिहरु दलाल चरित्रका होलान् तर राज्य भने समाजवादी चरित्रको बन्दै गएको ज्ञावलीको भनाई थियो । सरकारको आलोचना मात्र गर्ने र सकारात्मक कुरा नदेख्नेप्रति मन्त्री ज्ञावलीले भन्नुभयो ‘एक खालका मानिसहरुको आडम्बले नै सरकारलाई गाली गर्नु छ, ती कतिबेला सानो गल्ती भेटिएला र ठोकुला भनेर समाजिक संजाल उदाएर बसेका छन् ।’

मुलुकमा सरकार बनेपछि तीनवटै तह चलेको छ,अख्तियारले धमाधम भ्रष्टचारीहरु समाएको छ सबै संयन्त्रले काम गरिरहेको छ उहाँले भन्नुभयो । इतिहासमा भष्ट्राचारीहरुले आत्महत्या गर्नुपर्ने अवस्था यही सरकार आएको बेलामा भएको उहाँको भनाई थियो । 

‘हिजो भष्ट्राचारीहरु कस्ले के गर्नसक्छ भनेर फुर्ती लाउँथे, अहिले जनताले पनि घृणा गर्न थालेका छन् र धमाधम आतमहत्या गरे भनेर समाचार आइरहेको छ । ’ उहाँको भनाई थियो । 

यद्यपी जनताको जायज आलोचना भने आफूहरुलाई स्विकार्य भएको मन्त्री ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो  ‘जनताका जायज आलोचना ऐना हुन् यसबाट सिक्नु र सच्चिनुपर्छ । ’ जनताले दिनुजति सबै दिएको भन्दै यो सरकारप्रति जनअपेक्षा धेरै हुनु स्वभभाविक भएको मन्त्री ज्ञवालीको भनाई थियो । 

प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार  ९ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]