बैशाख १४, २०८१ शुक्रबार

हल्दिवारीमा साङलोले बाँधेर राखिएका युवाको विएण्डसीद्वारा उद्धार

बिर्तामोड । विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट एक युवाको उद्धार गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गरेका हुन् । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च विएण्डसीले व्यहोर्ने प्रसाईको भनाई छ ।

हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आएका थिए । गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो दिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए । छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।

प्रकाशित मिति : बैशाख ५, २०७९ सोमबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]