जेष्ठ ४, २०७९ बुधबार

विएण्डसीका सञ्चालक प्रसाईद्वारा हल्दिवारीका एक हजारलाई निःशुल्क स्वास्थ्य बीमा

हल्दिबारी । मेडिकल उद्यमी दुर्गा प्रसाईले हल्दिवारी गाउँपालिकामा एक हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएका छन् । मंगलबार बिर्तामोडस्थित बीएण्डीसी अस्पतालका सञ्चालक प्रसाईले हल्दिबारीका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराएका हुन् ।

बीएण्डीसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा सञ्चालक प्रसाईले यस्ता कार्यक्रमहरु आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बीएण्डीसी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईले अहिले राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठुलो योगदान पुर्याउँदै आइरहेका छन् ।

उनले सोमबार मात्रै हल्दिबारी गाउँपालिकामा लामो समयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवाको उद्दार गरी अस्पतालमा निःशुल्क उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास