चैत्र १६, २०८० शुक्रबार

हल्दिवारीका उपाध्यक्ष डम्बर गिरीद्वारा राजीनामा

बिर्तामोड । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि पार्टीको काममा खटिनु पर्ने भन्दै बिहीबार गिरीले पदबाट राजीनामा दिएका हुन् ।

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्बोधन गरेर राजीनामा पत्र बुझाएका छन् ।

??????

राजीनामा पत्रमा निर्वाचित मितिले करिब ५ बर्षसम्म नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय÷प्रादेशिक कानून तथा स्थानीय कानूनले सुम्पेको काम, कर्तव्य, अधिकार र जिम्मेवारी बहन गर्दै आइरहेकोमा स्थानीय तहको आसन्न निर्वाचन, २०७९ मा पार्टीको काममा खटिनुपर्ने अवस्था सिर्जना भएकाले राजीनामा दिनु परेको जनाएका छन् ।

यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]