बैशाख ८, २०८१ शनिबार

मोहिहक माग गर्दै झापामा विप्लप समूहद्वारा घरजग्गा कब्जा

झापा । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापामा घरसहित जग्गा कब्जा गरेको छ । नेकपा निकट लिम्बुवान स्वयत्त प्रदेश जनपरिषद झापाले मोहियानी हक नदिएको भन्दै शुक्रवार दिउँसो गौरदह नगरपालिका–९ का भूपेन्द्र ढुंगानाको घरसहित जग्गा कब्जा गरेको हो ।


जनपरिषद् झापाका प्रमुख यम गिरीले विज्ञप्ति जारी गर्दै प्रकाशन ढुङ्गानाको जमिनसहित घर कब्जामा लिएको जानकारी दिएको छ । विज्ञप्तिमा गौरदाह–९ का शहीद विष्णु हस्ताको परिवारले मोहियानी हकमार्फत भूपेन्द्र ढुङ्गाना एवं उनका परिवारबाट तत्कालीन जनसत्ताको रोहबरमा पीडित चादमनी हस्ताको परिवारले प्राप्त गरेको जमिन दलाल संसदीय सत्ताका मतियार र आसेपासे एवं कथित अदालत समेत प्रयोग गरी क्षतिपूर्तिसहित संरचना खाली गर्न जारी गरेको उर्दी प्रति जिल्ला जनपरिसदको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै, जनपरिषद् झापा, तत्कालीन जनसत्ता एवं सामाजिक रूपमा पटक—पटक गरिएका लिखित सहमति १५ दिनभित्र लागू गर्न पीडक भूपेन्द्र एवं उनका परिवारले भोगचलन गरिराखेको जग्गासहित घर कब्जा गरिएको घोषणा गरेको छ ।


कब्जा गरिएको जग्गामा ब्यानर पनि टाँगिएको छ । ब्यानरमा पीडित चन्द्रमणि हस्ताको परिवारलाई मोहियानी हक बापत दिनुपर्ने जग्गा नदिएको, पीडित परिवारलाई अदालत र प्रशासन प्रयोग गरी घर संरचना खाली गर्न आतङ्क सिर्जना गरेको र तत्कालीन जनसत्ताको निर्णय एवं सामाजिक अगुवाहरूको रोहबरमा गरेको लिखित सहमति उल्लङ्घन गरेकोले १५ दिनभित्र पीडितले न्याय नपाए जिल्ला जनपरिषद् झापाद्वारा उचित जनकारबाही गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : भाद्र १४, २०७६ शनिबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]