बैशाख २२, २०८१ शनिबार

गठबन्धनविरुद्ध झापा कांग्रेसका नेता गोश्वामीसहित सामुहिक राजीनामा

बिर्तामोड । नेपाली कांग्रेस झापाका पुराना नेता एवम् महाधिवेशन प्रतिनिधि दयानन्द गोश्वामी सहित ६० जनाले संयुक्त रुपमा राजीनामा दिएका छन् । कांग्रेस झापाका पूर्व जिल्ला सचिव समेत रहेका गोश्वासीले कार्यकर्ताको भावना विपरित गठबन्धन गरेको भन्दै राजीनामा दिएको बताएका छन् ।

आदिवासी समुदायका अग्रज नेता मानिने गोश्वामीले स्थानीय चुनावको मुखमा राजीनामा दिएपछि झापा कांग्रेसमा ठुलो क्षति भएको कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् । बाह्रदशी गाउँपालिकामा घर भएका गोश्वामीसहितको टोलीले झापा जिल्ला सभापतिलाई सामुहिक राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाउदै उनले ४५ वर्षे कांग्रेसको राजनीति यात्राबाट सँधाका लागि पूर्ण विराम लगाएको घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाएको जानकारी दिए ।

सामुहिक राजीनामा बुझाउँदै बाह्रदशी वडा नं. ४ का कांग्रेसमा भरोसा राख्ने नागरिकप्रति गठबन्धन गरेर घात पुराएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७९ आईतबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]