अर्जुनधारा मन्दिरमा टिकाग्रहण गर्दै एमालेले थाल्यो घरदैलो अभियान
बिर्तामोड । झापाको अर्जुनधारा धाममा पुजारीबाट टिका ग्रहण गर्दै एमालेले घरदैलो अभियान प्रारम्भ गरेको छ । एमालेबाट अर्जुनधाराका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरको उम्मेद्वार खड्गमाया पराजुलीसहित वडाध्यक्षले धाममा पुगेर टिका ग्रहणपछि अभियान प्रारम्भ गरेका हुन् ।

सोमवार उम्मेदवारी दर्ता गराएका उनीहरुले आज विहानबाट घरदैलो अभियान शुरु गरेका छन् । अर्जुनधारा वडा नं. ७ बाट घरदैलो अभियान थालिएको नेकपा एमाले अर्जुनधाराले जनाएको छ । विहान ७ बजेदेखि मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुसहितको समूहले घरदैलो अभियान मार्फत मत मागिरहेका छन् ।
संमृद्ध अर्जुनधारा निर्माण गर्दै देशकै नमूना नगर बनाउने घोषणा सहित गोम्देनको नेतृत्वमा एमाले घरदैलो गरिरहेको छ ।