बैशाख ८, २०८१ शनिबार

जलथल जङ्गलबाट तीनथान भरुवासहित एक पक्राउ

बिर्तामोड । बन कार्यालय जलथलको गस्ती टोलीले तीनथान भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको बनको टोलीले हल्दिवारी गाउँपालिका-५ का गुप्तबहादुर फागो सहितका समुहबाट तीनथान भरुवा बन्दुक फेला पारेको रेञ्जर दिपकसेन भण्डारीले जानकारी दिए ।

बन्यजन्तु चोरी सिकार गर्नका लागि चारजनाको सख्यामा चारकोसे जङगल पुगेका उनिहरु बन कार्यालयको गस्ती टोलि देखेपछि भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा एकजनालाई नियन्त्रणमा लिएको भण्डारीले जानकारी दिए ।

पक्राउ परेका फागोमाथि अनुसन्धान भईरहेको छ । फरार रहेका तीनजनाको पहिचान भईसकेको भण्डारीले बताए । उनिहरुको खोजतलास तिब्र पारिएको छ ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  २ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]