बैशाख १५, २०८१ शनिबार

एमाले अध्यक्ष ओलीले झापाका तीन ठाउँमा सम्बोधन गर्ने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार (भोली) गृह जिल्ला झापा आउने भएका छन् । चुनावी अभियान अन्तर्गत ओली झापा आउने तय भएको हो ।

नेकपा एमाले झापाका अनुसार बिहीवार तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

प्रकाशित मिति : बैशाख १४, २०७९ बुधबार  ५ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]