बैशाख ७, २०८१ शुक्रबार

एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक

बुद्धशान्ति । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो ।

एमालेले ‘शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा क्रान्ति स्वच्छ, शान्त, हरियाली, र सुशासित बुद्धशान्ति’ दूरदृष्टि राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि र दीगो भौतिक पूर्वाधारविकास, विपन्नलाई गाँस वास र कपास, गरिवी, बेरोजगारी, बेरोजगारी, सामाजिक समस्या, न्यूनीकरणमा क्रान्ति, दक्ष उद्यमशील, मानव संसाधन विकास र सामाजिक सुरक्षासहित खुशी, सुखी र समृद्ध बुद्धशान्ति लगायतका ५ बुँदे ध्यय तथा १० बुँदे उद्देश्य तथा ८ बुँदे प्रतिबद्धता सहित शिक्षा, स्वास्थ्य, कृषि तथा सिँचाइ, खानेपानी वातावरण तथा जैविक विविधता, सामाजिक सुरक्षा, महिला तथा बालवालिका युवा, खेलकुद तथा रोजगारी, सूचना तथा सञ्चार, उर्जा, पर्यटन, भूमी तथा बसोबास, विपद् व्यवस्थापन लगायतका १९ बुँदे मूल कार्यक्रमलाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

एमालेले शिक्षा तर्फ सामुदायिक शिक्षामा गुणस्तर वृद्धि खेलकुद तथा अतिरिक्त त्रियाकलाप विकास, निजीश्रोत शिक्षक तथा कर्मचारी सुविधामा बृद्धि साथै विष्टि क्षमता तथा अपाङ्गता भएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्न बजेट विनियोजनामा वृद्धि गर्ने, जेहेन्दार विपन्न तथा लक्षित समूहका विद्यार्थीलाई स्नातक वा सो भन्दा माथिल्लो तहको प्राविधिक विषय अध्ययनका लागि, प्रोत्साहन स्वरुप निश्चित रकमको व्यवस्था गर्नेछ ।

त्यस्तै शिक्षामा क्षेत्रगत आधारमा मातृभाषा आधारित पाठ्यक्रम निर्माण तथा कार्यान्यन गर्ने । लगायतका १९ बुँँदे शैक्षिक कार्यक्रम तथा भागिरथा बुद्धशान्ति अस्पतालको निर्माण कार्य सम्पन्न गरी स्वास्थ्य बीमा सहित सेवा सुचारु गर्ने । विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने । बुद्धशान्ति उपचार साहयता कोष स्थापना तथा सञ्चालन गर्ने । लगायतका १४ बुँदे स्वास्थ्य कार्यक्रम प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कृषि तथा सिञ्चाई तर्फ सुपारी खेती विकास गर्न कृषि समूह र कृषि सहकारी संस्था मार्फत नर्सरी उत्पादन, प्रशोधन केन्द्र स्थापना, बिक्री भण्डारण गृह स्थापना र सुपारी खरिद बिक्री प्रक्रियामा उत्पादकलाई लाभ हुने व्यवस्था मिलाउने, सडक सञ्जाल, यातायाततर्फ बुद्धशान्ति चक्रपथमा आवश्यक पुल कज्वे, कल्भट निर्माण सहित चक्रपथको स्तरउन्नति गर्ने साथै हेलिप्याट निर्माण गर्नको लागि स्थान छनौट गर्ने, ग्रामिण क्षेत्रका सडक, भित्री सडकलाई ग्राभेल गर्ने, ह्युम पाइप विछ्याउने, कल्भट निर्माण गर्ने कामलाई तीब्रता दिने लगायतका धेरै काम समेटिएको छ ।

एमाले बुद्धशान्तिका अध्यक्ष नेत्र रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य तथा प्रतिबद्धता पत्र निर्माण समितिका सहसंयोजक दीपक गौतमले प्रतिबद्धता पत्रमा भएका बुँदाहरु बाचन गरेका थिए ।

सो अवसरमा अध्यक्षका उम्मेद्वार मिरा भुर्तेल, उपाध्यक्षका उम्मेद्वार भवानी खतिवडा, प्रदेश कमिटी सदस्य लक्ष्मीकुमार राई, जिल्ला कमिटी सदस्य गंगा सुवेदी (आचार्य), टीका पाठक लगायतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

एमाले बुद्धशान्तिले बुधबारबाटै वडा नम्बर १ बाट प्रचार प्रसार तथा घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ । उपाध्यक्ष शम्भुप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन गाँउ कमिटी सचिव धरणीधर पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : बैशाख १५, २०७९ बिहीबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]