बैशाख ११, २०८१ मंगलबार

हल्दिवारी एमालेको प्रतिवद्धता : विधालयमा बीमा, कृषि र पर्यटन मार्फत संमृद्धि

बिर्तामोड । नेकपा एमाले हल्दिवारीले स्थानीय तह निर्वाचन २०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमाले हल्दिवारीको दृष्टि : कृषि र पर्यटन मार्फत संमृद्धि’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।

आज विहान निर्वाचन परिचालन कमिटीको आयोजनामा प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ । परिचालन कमिटीका संयोजक सोमनाथ पोर्तेल, अध्यक्षका उम्मेद्वार डम्बर बहादुर गिरी, उपाध्यक्षका उम्मेद्वार शान्दादेवी गौतम, १ नंबरका वडाध्यक्षका उम्मेद्वार त्रिलोचन सापकोटा, इञ्चार्ज नरेश चुडाल, एमाले नेता नारायण पोखरेल, मोहन रेग्मी लगायतले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

??????

नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धतामा आधारभुत र माध्यमिक शिक्षा, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाई, नदी नियन्त्रण, स्थानीय उद्यम र रोजगार सिर्जना, स्थानीय पूर्वाधार विकास, स्थानीय आयको सवलीकरण, सूचना प्रविधि र सार्वजनिक सेवा, विकास प्रक्रियामा विभिन्न संघसंस्थाको सहकार्य, विपद व्यवस्थापन र सामाजिक सुरक्षा, पर्यटन, लैंगिक समानता र सामाजिक समावेशिकरण, कला,सांस्कृति, मेलमिलाप न्याय र मानवअधिकार मुख्य प्राथमिकतामा रहेका छ ।

गाउँपालिकाका अध्यक्षका उम्मेद्वार डम्बर बहादुर गिरीले बिधालयमा वीमा कार्यक्रम लागु गरिने बताएका छन् । उनका अनुसार सो कार्यक्रम अन्तर्गत हरेक विधार्थीको परिवारको स्वास्थ्य वीमा गरिनेछ ।

कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा, उत्कृष्ट अंक ल्याएर एसईई पास गर्ने एक-एक जना विधार्थीलाई कृषि र पशुपंक्षी विधामा आवासहित छात्रवृत्ति प्रदान गरिने गिरीले बताए । यस्तै, चिकित्सा शिक्षा आयोग एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरेका गाउँपालिकाभित्रका एक विधार्थीलाई एमबिबिएस अध्ययनमा छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।

यस्तै, सामुदायिक विधालयको गुणस्तर बृद्धि गर्न अभिभावकसँग वडाध्यक्ष, शिक्षकसँग उपाध्यक्ष र विधार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा म स्वस्थ्य मेरो गाउँ स्वस्थ्य, नागरिकले तिरेको कर, नागरिककै स्वास्थ्यको भर, खुशी किसान, हल्दिवारीको सान, हल्दिवारीको बाचा झापाभरी माछा, ‘३ म’ माछा, मरिच र मह, आहा हल्दिवारी चिया, एक वडा एक पार्क, हात्तीका लागि आहार, विपदको सारथी गाउँपालिका, हल्दिवारीका महिला, विकासमा पहिला लगायतका कार्यक्रम समावेश गरिएको छ ।

अध्यक्षका उम्मेद्वार गिरीले हात्ती आहार कार्यक्रम अन्तर्गत हात्ती हिड्ने मार्गको पहिचान गरेर केरा र किम्बु खेती गरिने बताए ।

हल्दिवारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले वितेको पाँच वर्ष एमालेले विकासको नेतृत्व गरेको र अध्यक्षले जनप्रतिनिधिको मात्रै नेतृत्व गरेको बताएका छन् । उनले बैशाख ३० गतेबाट हल्दिवारीमा रहेको पञ्चायतको अवशेष अन्त्य गरिने घोषणा गरेका छन् ।

यस्तै, परिचान कमिटीका संयोजक सोमनाथ पोर्तेलले स्थानीय आवश्यकतालाई पहिचान गरेर प्रतिवद्धता पत्र तयार गरिएको बताए ।

उनले एमालेबाट निर्वाचित जनप्रतिनिधि शासक नभई , सेवक भएर काम गर्ने बताएका छन् । एमालेको विगतलाई हेरौं , पोर्तेलले भने– केन्द्र, प्रदेश र स्थानीय तहमा भएका कामलाई मुल्याङकन गरेर एमालेलाई मतदान गरी विजयी गराइदिनुहोस् ।

उनले एमालेले अन्य पार्टी जस्तो ज्ञानेन्द्रसँग सहयोग लिएर चुनावमा सहभागी नभएको बताए । एमाले आफ्नो गक्षेअनुसार आफ्नै पार्टी सदस्यसँग सहयोग संकलन गरेर निर्वाचनमा सहभागी भएको उनको भनाई थियो । उनले निर्वाचनमा महाराजालाई खुशी बनाउनेभन्दा पनि जनतालाई खुशी बनाउने पार्टी एमालेलेलाई विजयी गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार  १२ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]