जेष्ठ ४, २०८१ शुक्रबार

प्रतिवद्धता पुरा होस्

सम्पादकीय
स्थानीय तह निर्वाचन २०७९ को लागि दलहरुले धमाधम प्रतिवद्धता पत्र सार्वजनिक गरिरहेका छन् । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै दलहरुले पाँच वर्षे कार्यकालका लागि आफ्ना योजना सार्वजनिक गरिरहेका छन् । जनताको बिचमा प्रतिवद्धता सार्वजनिक गरेका दलहरुलाई आफ्नो योजना सहजै सञ्चार गर्ने सजिलो माध्यम बनेको छ, प्रतिवद्धता पत्र । प्रतिवद्धता पत्रमा समावेश गरिएका कार्यक्रमहरुको अध्ययन गरेर मतदाताले मत खसाल्नु उपर्युक्त हुन्छ । किनभने, काम गर्नेहरुले प्रतिवद्धता पत्रमा प्रायःयोजनाहरु ल्याएकै हुन्छन् ।

दलहरुले हरेक निर्वाचनमा ल्याउने प्रतिवद्धता पत्र महत्वकांक्षी नै हुन्छ । झट्ट हेर्दा आकर्षक देखिने प्रतिवद्धता पत्रहरु पुरा गर्ने हो भने हरेक पालिकाको संवृद्धि संभव छ । प्रतिवद्धता पत्रमा समावेश गरिएका कार्यक्रमहरुलाई सबै दलहरुले पूर्ण रुपमा पालना गर्ने हो भने आम नागरिकका धेरै जसो अपेक्षा पुरा हुनेछ । प्रतिवद्धता पत्रलाई कतिपय दलहरुले झारो टार्ने हिसावले पनि ल्याइरहेका हुन्छन् । कतिपय दलहरुले हतारोमा पनि प्रतिवद्धता ल्याइरहेका हुन्छ । हतारोमा ल्याएका प्रतिवद्धतापत्रहरु कागजमै सिमित पनि हुन सक्छन् ।

शुक्रवार मात्रै नेकपा एमाले हल्दिवारीले प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको त्यो प्रतिवद्धता पत्रमा आम नागरिकको आधारभुत आवश्यकतालाई समेट्न जरुरी छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार सिर्जनाको सवाललाई समेट्न सकियो भने प्रतिवद्धता पत्र व्यवहारिक हुन सक्छ । व्यवहारिक रुपमा बनाइएको प्रतिवद्धता पत्र कार्यान्वयनमा पनि सहज हुने निश्चित हुन्छ । दलहरुले सार्वजनिक गरिरहेको प्रतिवद्धता पत्रमा उल्लेख हुने कार्यक्रम तथा योजना ५० प्रतिशत मात्रै कार्यान्वयन भएमा जनताले चाहेको संमृद्धि पुरा हुदै जानेछ ।

प्रकाशित मिति : बैशाख १७, २०७९ शनिबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]