बैशाख १३, २०८१ बिहीबार

चुनावी प्रतिबद्धता अर्जुनधाराको मुहार फेर्ने अभियान हो : बलदेव

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनीति मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताउनुभएको छ ।

आज नेकपा एमाले अर्जुनधाराले ११ नम्बर वडामा गरेको मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका प्रत्यासी गोम्देनले आफुहरुको चुनावी प्रतिबद्धता राजनीति मात्रै नभई नगरपालिकाको मुहार फेर्ने अभियान भएको बताउनुभएको हो ।

उहाँले एमालेका उम्मेद्वारलाई विजय गराई समृद्ध र नमुना नगर बनाउने अभियानमा जोडीन ११ नम्बर वडाका मतदाताहरुलाई आग्रह समेत गर्नुभयो ।

गोम्देनले अर्जुनधाराको ११ नम्बर वडामा रहेको बसपार्कलाई नयाँ गुरुयोजनाकासाथ विकास गरि झापाकै नमुना बसपार्क निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले बालबालिकाको अधिकार र सुरक्षका बिषयमा आफुले बिषेश पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले युवाहरुको विकास र उत्थानका लागि आफु सदैव अग्रसर रहने बताउनुभयो ।

चुनावी अभियानका क्रममा भएको घरदैलोमा ११ नम्बर वडाको वडाअध्यक्ष पदका उम्मेदवार खगेन्द्र इङ्नाम, वडासदस्य पदका उम्मेदवारहरु पूर्ण बहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कडेल दर्जीले पनि जनता समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका अर्जुनधारा नगर इन्चार्ज दिपेन्द्र लम्साल, एमाले प्रदेश कमिटी सदस्य तथा नगरपालिकाका मेयर हरि कुमार राना, प्रदेश १ का सांसद बिर्ख प्रधान लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : बैशाख १८, २०७९ आईतबार  १० : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]