बैशाख १७, २०८१ सोमबार

बाह्रदशीका मतदाता भन्छन्, एमालेले काम गर्न सक्नेलाई उम्मेद्वार बनायो

बाह्रदशी । स्थानीय तह निर्वाचन केन्द्रीत घरदैलोमा एमालेबाट बाह्रदशीको उम्मेद्वार बनेका अध्यक्ष÷उपाध्यक्षलाई जनताको गुनासो सुन्न भ्याइनभ्याई छ । हरेक दिनको घरदैलोमा बाह्रदशीका बासिन्दाले पाँच वर्षको समय बर्वादी भएको सुनाइरहेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कमजोर नेतृत्वका कारण अपेक्षित विकास नभएको गुनासो पोखेका छन् । बाह्रदशीबासी नागरिकको खानेपानी समस्या समाधान गर्न गाउँपालिकाले चासो नदिएको ठुलो गुनासो छ । बाह्रदशीका अधिकांश ठाउँहरुमा स्वच्छ खानेपानीको व्यवस्था नभएको स्थानीयबासी बताउँछन् ।

एमालेबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेललाई गाउँपालिकाबासी पाँच वर्ष कष्टले विताएको भन्दै काम गरेर देखाउन सूझाव दिए । अधिकांश मतदाताले अब दुख नझेल्ने भन्दै एमालेका उम्मेद्वारहरुलाई विश्वस्त हुन आग्रह गरेका छन् । हामी नयाँ नेतृत्वको पक्षमा छौं, एक वृद्ध मतदाता भन्छिन्, ‘देवेन्द्र हाम्रो सधैंको जनप्रतिनिधि हो । निर्वाचन नहुँदा पनि देवेन्द्र भाईले गाउँबासीलाई गरेको सहयोग प्रशंसनीय छ ।’ यो निर्वाचनमा उहाँकै पार्टीलाई भोट दिने हो, उनले थपिन् । एमालेले काम गर्न सक्ने उम्मेद्वार बनाएको भन्दै मतदाताले खुशी व्यक्त गरेका छन् ।

नेकपा एमाले बाह्रदशीको घरदैलोमा देखिएको उत्साहले एमालेको जीत निश्चित भएको उपाध्यक्षको उम्मेद्वार खरेलको भनाई छ । उनले ०७४ को निर्वाचनमा निर्वाचित मुख्य नेतृत्वसँग यहाँका नागरिक असाध्यै दुखी भएको बताइन् । खरेलले भनिन्, भोट माग्न घरदैलो गरिहरेका छौ, त्यहि बेला सबैले त्यस्तै गुनासो मात्रै सुनाउनु हुन्छ । उपाध्यक्षको उम्मेद्वार खरेलले अब एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बेलैमा जनताको सुझाव संकलन गरेर काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

यस्तै, अध्यक्षका उम्मेद्वार चम्लागाईले पाँच वर्षमा बाह्रदशी जनताले विकास देख्न नपाएको बताए । उनले भने, हामी घरदैलोका क्रममा गाउँगाउँ घुमिरहेका छौं , गाउँको अवस्था बदलिएको छैन । अझै बाह्रदशीको अवस्था उस्तै छ । उनले निर्वाचन जितेर बाह्रदशीलाई जिल्लाकै उत्कृष्ट गाउँपालिका बनाएर देखाउने अठोट गरेका छन् ।
बाह्रदशीले हालसम्म वडा नं. २, ३ मा घरदैलो सम्पन्न गरिसकेको छ । अध्यक्षका उम्मेद्वार चम्लागाईका अनुसार ५ नम्बर वडामा घरदैलो जारी छ ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]