जेष्ठ ४, २०८१ शुक्रबार

मतदाताले ख्याल गरौं

सम्पादकीय
स्थानीय तह निर्वाचन २०७९ मा मतदान गर्ने समय नजिक आएको छ । लामो समयको पर्खाई अब १० दिन मात्रै बाँकी छ । बैशाख ३० गतेका दिन हुने मतदानले पाँच वर्षको भाग्य र भविष्यलाई निर्धारण गर्नेछ । हरेक मतदाताको एक भोटले मुलुकलाई कता लैजाने भन्ने विषय निक्र्यौल गर्नेछ । मुलतः एक भोटमा देश बन्ने हो, यदि सहि ठाउँमा दिइयो भने । तर, गलत ठाउँमा मतदान गरियो भने देश बनाउन अर्को पाँच वर्ष पर्खनै पर्छ । त्यसैले सत्तामा लुछाचुडी गर्नेहरु प्रति आम मतदाता सचेत र सगज हुनैपर्छ ।

हरेक निर्वाचनमा कतिपय दलहरु गलत अभ्यास पनि गरिरहेका हुन्छन् । विशेष गरी गरिव, विपन्न मतदाताको भोट खरिद गर्ने चेष्टा गरिन्छ । यसअघिका धेरै यस्ता घटना छन् । जसलाई नियन्त्रण गर्नैपर्छ । आर्थिक चलखेल गरेर निर्वाचन जित्नेहरुले नागरिकको निम्ति काम गर्ने होइनन् । गरिव दलहरुले यसो पक्कै नगर्लान, जो सम्पन्न छन् उनीहरुबाट यस प्रकारका गलत अभ्यास हुन सक्छन् । त्यसैले सरोकारवाला निकाय पनि सचेत हुन आवश्यक छ । कुनै पनि मतदाताले भोट विक्रि गरियो भने पाँच वर्षसम्म मतदाताको समस्या सुनुवाई हुने छैन । किनभने, त्यहाँ मत किनिएको हुन्छ ।

जहाँ–जहाँ गरिव वस्ती छ । जहाँ खानपिनकै समस्या छ, त्यहाँ पैसावाल उम्मेद्वारहरु पुग्छन् । र पैसा, भोजभत्तेरको व्यवस्था गरिदिन्छन् । झापामा पनि गएको चुनावमा पैसा बाँडेका घटना सार्वजनिक भएका थिए । सञ्चारमाध्यमले पैसा बाँडेका घटना बाहिर ल्याएका थिए । अब, यो निर्वाचनमा विशेष ख्याल गर्न आवश्यक छ । त्यसको नियन्त्रणका लागि एउटा दलले अर्को दललाई निगरानी गरे पुग्छ । कसैले पनि यस प्रकारको वेथिती बसाल्न हुदैन । यसको अन्त्य भएमा मात्रै सहि जनप्रतिनिधि पाउन सकिन्छ ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]