जेष्ठ ४, २०८१ शुक्रबार

गठबन्धनका दुख

सम्पादकीय
निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयनको लागि बैशाख ११ र १२ गते तोकिएको थियो । झण्डै १२ गते पनि भागवण्डामा सहमति जुटाउन नकसेको गठबन्धनले हाप र जाप गर्दै अन्तिम दिन मनोनयन गर्दा गरे । लामो समयको छलफलले निष्कर्ष निकाल्न नसकेको गठबन्धनले समयको दवावका कारण जथाभावी उम्मेद्वारी दर्ता गराए । गठबन्धनभित्र राजनीतिक लफडा एकातिर छ भने अर्कातिर विचार,सिद्धान्तको बेमेल अर्कातिर छ । जसको परिणाम सोचेजस्तो अनुकुल प्राप्त भइरहेको छैन ।

स्थानीय चुनावमा हरेक मतदाताले दलहरु र उम्मेद्वारहरुको मुल्याङकन गर्ने अवसर हो । यो अवसरबाट गठबन्धन चुकेको छ । गठबन्धनलाई जनताले मुल्याङकन गर्नै नसक्ने परिस्थिति निर्माण भएको छ । भविष्यमा समस्यै समस्या र दुख झेल्नु पर्ने अवस्थामा गइरहेको गठबन्धनमा अहिले पनि चकित दृष्यहरु देख्न पाइन्छ । चुनावी अभियान गठबन्धनभित्र रहेको कांग्रेस, माओवादीको एउटै छ । गठबन्धन बाहिरबाट देखिए जस्तो भावनात्मक रुपमा एकतावद्ध छैन । बाध्यताले रुख र गोलाकारभित्रको हसिया हतौडाका झण्डा एउटै गाडिमा बाँधिएका छन् ।

गठबन्धनको प्रचारमा कांग्रेसले झण्डा राख्न पनि एकाधिकार जमाएको देखिन्छ । सवारीहरुमा कांग्रेसका झण्डाले माओवादी नमज्जाले छेलिएको छ । कांग्रेसका सयौं झण्डाका बिचमा एउटा झण्डा माओवादीले बाँधेको छ । कांग्रेसको पार्टीगत गितमा माओवादी पनि सँगै नाचिरहेको छ । प्राविधिक हिसावले पनि एकैठाउँ बस्न नसकने दलहरुको गठबन्धन वास्तवमै राष्ट्र र जनताको हितमा छैन । यो एमालेको विरुद्धमा बनेको पूर्वाग्रही समूह हो । यसले देशमा केहि दिन सक्दैन । दिन सक्यो भने, दुख र कष्टमा मात्र दिनेछ । यसैले आम मतदाताले बैशाख ३० गते विवेक पुराएर मतदान गर्न जरुरी छ ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]