बैशाख १३, २०८१ बिहीबार

बुद्धशान्तिमा एमालेले पाँच वर्षे कार्ययोजना बनाएर काम गर्नेछ : भुर्तेल

बुधबारे । नेकपा एमालेको तर्फबाट बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पद्को उम्मेद्वार मिरा भुर्तेलले पाँच वर्षे कार्यकालको लागि कार्ययोजना बनाएर जनताको सेवामा लाग्ने बताएकी छन् । उनले आज बुद्धशान्ति १ नमूना चोकमा सम्बोधन गर्दै कार्ययोजना बनाएरै सेवालाई प्रभावकारी बनाउने बताइन् ।

घरदैलो अभियानमा सम्बोधन गर्दै अध्यक्षको उम्मेद्वार भुर्तेलले बुद्धशान्तिमा पाँच वर्ष प्रभावकारी रुपमा काम गर्न नसकेको बताइन् । उनले गाउँपालिकाका अध्यक्षले जनताको काममा कार्ययोजनाका साथ लाग्न नसक्दा आफुले समेत त्यसको मार खेपेको सुनाइन् । आफु नेतृत्वमा नहुँदा गाउँपालिकाको सबै योजना लथालिङ्ग हुँदाहुँदै उपाध्यक्षको हैसियतमा जनतको सेवा गरेको बताइन् । उनले नेतृत्वबाट कमजोर अगुवाई भएका कारण आफुले पहलकदमी गरेर धेरै आयोजनाहरु सञ्चालन गरेको बताएकी छन् ।

अभियानका क्रममा उनले अब एमालेले गाउँपालिकाको नेतृत्व सम्हाल्ने भन्दै तमाम समस्याहरुको समाधान गर्दै जाने बताइन् । उनले बुद्धशान्तिमा खानेपानीको मुख्य समस्या रहेकाले निर्वाचन जित्नै वित्तिकै पहिलो काम खानेपानी व्यवस्थापनमा लाग्ने घोषणा गरिन् । अध्यक्षको उम्मेद्वार भुर्तेलले भनिन्, – गाउँपालिकाले अब महिला नेतृत्व पाउँदैछ, यो सबैको गौरवको कुरा हो । सबै महिलाको प्रतिनिधिको रुपमा काम गर्नै प्रतिवद्धता जनाउँदै सुर्यलाई मतदान गर्न आग्रह गरिन् । उनले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनका लागि विषेश प्राथमिकतमा रहेर काम गर्ने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं. १ का वडाध्यक्ष पद्का उम्मेद्वार अनिल वाग्लेले बुद्धशान्तिमा एमालेको जीत सुनिश्चित भएको बताए । उनले एमालेप्रति जनताको भरोसा भएकाले सबैको प्रिय पार्टी एमालेलाई विजयी गराउन मतदाता आतुर भएको बताएका छन् । समृद्ध राष्ट्र निर्माणमा एमालेले खेलेको भूमिका सबैलाई जगजायर नै भएकाले एमालेको जीतमा कुनै शंकै छैन, वाग्लेले भने – मेलै लामो समयदेखि आफ्नो गाउँ, वडामा गरेको योगदानका आधारमा म र मेरो टिमको जीत सुनिश्चित छ ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ३ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]