जेष्ठ ७, २०८१ सोमबार

नेपालीले नदेखेको साम्यवाद

संजिव गिरी

साम्यवाद मानवताको उच्चतम विन्धु हो । लोकतन्त्रनै साम्यवाद प्राप्त गर्ने एक मार्ग हो । ब्यक्तिगत स्वतन्त्रता साम्यवादको चाश्नी हो । व्यक्तिगत स्वतन्त्रताबाट मात्र मोक्ष प्राप्त हुन्छ । मानिसको अन्तिम लक्ष्य भनेको मोक्ष प्राप्ती हो । साम्यवादी अवधारणा विना मोक्ष प्राप्ति असम्भव छ । साम्यवादी समाज भनेको रिस राग विनाको सहकार्यको समाज हो । जहाँ सबै मानिस मानव भएर सह अस्तित्व , समतामुलक मूलक समाजमा जीवन यापन गर्दछन् । साम्यवाद विश्व दर्शन हो । संसारमा धेरै देश यस्ता छन् जस्ले साम्यवाद सिद्धान्त अपनाएका छन् । तर, राज्यप्रणाली चाहि पुँजीपतिको हातमा छ । उनीहरुले खुल्ला रुपमा साम्यवादी राष्ट्रमा परिणत गर्न सकिरहेका छैनन् ।

संसारका धेरै देशले साम्यवादी संरचना अपनाएका छन् र साम्यवादी नीति र सिद्धान्त आफ्नो माटो सुहाउँदो मौलिकतामा अपनाएका छन् । पुँजीवादिको कुनै अडिलो सिद्धान्त छैन । तर साम्यवादको नीति र सिद्धान्त सिसा जस्तै छर्लङ्ग छ । साम्यवादीहरुले बदलावमा विश्वास गर्नु पर्छ किन कि समयको बदलाबसँगै समाजको ढाँचा पनि बदल्छ, समय गतिशिल र समाज प्रगतिशिल हुन्छ । नयाँ पनमा समाजलाई कसरी समान रुप दिन सकिन्छ ? कसरी राष्ट्रको स्रोत र साधन सबै जनताले समान रुपमा उपभोग गर्न सक्छन् ? कसरी निमुखा , दलित , किसान, मजदुरको हक अधिकार सुनिश्चित गर्न सकिन्छ ? कसरी आफ्ना देशका जनतालाई साम्राज्यवादी शक्तिबाट बचाउन सकिन्छ र आफ्नो मौलिक संस्कार संस्कृतिको रक्षा गर्न सकिन्छ ? यहि हो साम्यवादका मूलभूत विशेषता ।


नेपालको सन्र्दभमा हेर्ने हो भने पुरातन कालबाटै नेपाली समाज चाहिँ साम्यवादी समाज रह्यो । तर शासन प्रणाली चाहिँ समाजवादसम्म मात्र आइपुगेको अवस्था हो । नेपाल संसारको यस्तो भूमी हो, जसले बुद्धलाई जन्मायो । माक्र्सले त साम्यवादलाई फेरि जन्म दिएका मात्रै हुन् । बुद्घले समेत साम्यवादलाई अंगालेका थिए । सबै राजर्शी मोह त्यागेर, बुद्घको शिक्षा साम्यवादी शिक्षा हो । कसैले कसैलाई थिचोमिचो गर्नु हुन्न , सत्यको जित हुन्छ , सेवा नै धर्म हो आदि । शिक्षाले समाजमा शान्ति फैलाउने , भाईचारा र एकअर्कामा सद्भाव पौदा गर्छ । यसबाट मानव जीवन दुःख , कष्टबाट मुक्त हुन्छ । बुद्घको साम्यवादी ज्ञानलाई नै मोक्ष प्राप्तिको एक सहि मार्ग दर्शन भन्न सकिन्छ ।


त्यस्तै गरि नेपाल ऋषिमुनिहरुको एक केन्द्र थियो । हिमालयको काखमा ध्यान , तपस्या , योग गर्ने ऋषिमुनिले मानव जगत , खगोल, धर्म, इतिहास, बेद , आयुर्वेद्यको खोज गरे त्यसलाई संस्कृतमा लिपिबद्घ गरे । विश्वलाई तेस्रो आँखा दिए । जसरी अहिले अमेरिकामा शिक्षित वर्ग , बैज्ञानिकहरुको समूह छ त्यस्तै पुराता्न समयमा सारा ऋषिहरुको थलो नेपाल थियो । ऋषिमुनिले मनपराउने प्रकृति हो , हिमाल हो , स्वच्छ र शिखर वातावरण होे । त्यो नेपालमा थियो । ऋषिमुनिहरु कमियुन
बस्न रुचाउछन, एक अर्कामा सदाचार, शिक्षा—दिक्षा आदन प्रदान गर्ने, सत्यतामा विश्वास , सर–सहयोग , लोभी पापी मनलाई त्यागेर , आश्रम , कुट्टीमा बस्ने गर्थे ति सबै साम्यबादी चरित्र हो । आफू पनि बाचाँै अरुलाई पनि बचाउ । यो भन्दा ठूलो साम्यवादी शिक्षा के हूनसक्छ ।
साम्यवादी मानवताको उच्चतम विन्दु को । यस्को अन्तिम उदेश्य मानव जीवन सार्थक बनाउनु हो र त्यस समयका मानिसहरुको जीवन धेरै सार्थक थियो, धेरै खुसी र सुखी थिए अहिदेका मानिस धेरै सुविधा सम्पन्न छन् । तर, पनि किन मानिस बेचैन छन् । संसार हातमा छ तर मन बहस मा छैन । अहिलेको मानिसको बढ्दो बेचैनताको कारण पुँजीवादी, स्वाथीं समाज हो । पुँजीवादी समाज भनेको “ब्वाँसाहरुको दौड हो । ”

एकअर्कालाई सिध्याउन एक ले अर्काेलाई खान दौडिरहेका छन् । मानिसलाई अहिले आफ्नो जीवन सार्थक बनाउनु भन्दा नि दौडमा सबैलाई उछिनेर अगाडि पुग्नु छ । मानिसको अहिलेको दौड भनेको शून्य को दौड हो । उस्लाई शून्य बाहेक केहि चाहिएको छैन् । तपाई १० हजारको जागिर गर्दै हुनुहुन्छ भने तपाईको दौड त्यस्मा एउटा शून्य थपेर १ लाख बनाउनु हो । त्यति गरे तपाईको जीवन सार्थक भयो । यस्तो दौडले तपाईलाई काँहा पु¥याउछ ?


मानव जीवन सार्थक पार्ने हो भने अन्तिम विकल्प साम्यवाद नै हो ढिलो चाडो एक दिन मानिस त्यस ठाँउमा पुग्छ । इयुरोपियन र अमेरिकनहरुमा यो संकेत देखिदै छ । उनीहरुले पुँजीवादी आडमा अथाह विकास र भौतिक विलाश गरि सके, पुँजीले सबै खुशी दियो घर, जमिन, जागिर सबै दियो तर ढुक्कसँग निदाउने मनमा चयन दिएन । पुँजीवादी शक्तिले संसारको जुन सुकै शक्तिसँग लड्ने क्षमता दियो तर आफ्नो अंतर आत्मा संघ लडने क्षमता दिएन । उनीहरु फेरि शान्ति, अमन चयनको खोजिमा छन् ।

शान्ति र चयन प्राप्त गर्न तपाई फेरि बुद्घ र ऋषिको साम्यवादी अवधारणालाई स्वीकार्नु पर्छ । भनिन्छ, जस्तो दृष्टि उस्तै सृष्टि साम्यवादी समाजले तपाईलाई आफ्नै दृष्टि दिन्छ , तपाईमा प्रेमको भाव हुन्छ । यदि तपाईले आफुमा सन्तुष्ट हुनसक्नु भएन भने जस्तो सृष्टि उस्तै दृष्टि हुन पुग्छ् । सृष्टि अनुसार तपाई चल्न थाल्नुहुन्छ । तपाई आपैmमा आफुलाई भेट्नु हुन्न । आफ्नो कार्यलाई पूजा गर्नुस् । तपाईले इच्छाएको काम गर्नु भयो भने तपाईलाई कामसँग माया हुन्छ । त्यहाँ तपाई आफ्नो घनिष्ट मित्र प्राप्त गर्न सक्नु हुन्छ ।

माक्सले भन्नु भएको छ, पुँजीवादीको विनासको बिउ आफैमा छ र त्यस मध्य एक हो । अलगवा पुँजीवादी समाजमा तपाईको कृति, कला , परिश्रम सीप पैसामा सिमित हुन्छ । तपाई कतै काम गर्नुहोला तपाईको मालिकलाई तपाईको कला , परिश्रमसँग मतलब हुँदैन । उनलाई तपाईको परिमाणसँग मात्र सरोकार हुन्छ । तपाई अशक्त भएको भोलि पल्ट तपाईको महत्व त्यति हुने छैन । जति तपाईको महत्व सक्रिय हुँदा हुन्थ्यो । यस ब्यवहारले तपाईलाई तृष्णा पैदा हुन्छ । तपाई आफ्नो काम प्रति असन्तुष्ट प्रकट गर्नु हुन्छ । तपाईको दिन चर्या केबल आधारभूत आवश्यकता पुरा गर्न मै जान्छ । तपाई आफ्नो काममा त्यति जोश, जांगरले लाग्न सक्नु हुन्छ जति तपाईको क्षमता छ ।

तपाईलाई श्रम शोषण मात्र भएको महशुस हुनेछ । किन त कोही मालिक कोही श्रमिक हुनुपर्ने । यसको एक मात्र उत्तर हो , अ–सम्मान प्राकृतिक स्रोतको वितरण , मुठ्ठीभरका पुँजीपतिको हातमा देशको ९०% स्रोत र साधन भए पछि यो सबै समस्या आउछ । तर, तपाई एक साम्यावादी समाजमा हुनुहुन्थ्यो त, यो सब समस्या आउने नै थिएन र तपाईको आधारभूत चिज गाँस बाँस र कपासको ग्यारेन्टी गरिन्छ । साम्यवादी समाजले तपाईलाई राज्यको सम्पति सम्मान रुपमा उपभोग गर्ने मौका दिन्छ जसरी आमाले आफ्ना सन्तानलाई बराबर खान दिनु हुन्छ ।
नेपालको इतिहासमा अहिलेको जस्तो लज्जास्पद निज अवस्था कुनै काल खण्डमा थिएन । यसको एक मात्र कारण हो मौलिकता हराएर ।

हामीले आफूलाई नचिनेर । कस्तुरिले आफ्नो गन्ध खोजे भैm अहिले नेपालीहरु आफ्नो गन्ध खोज्न विश्वभर घुमिरहेका छन् ।
नेपाली इतिहासले गौरव गर्ने अर्काे काल खण्ड नेपालको पुनरजागरण जुन पुथ्वीनारायण शाहा को नेत्रित्वमा भएको थियो । त्यस पुनरजागरणले भारतवर्षमा नेपालको पवित्रतालाई ,इतिहासलाई विटुलो हुनबाट बचायो । यहि पवित्रतानै नेपालको सबै भन्दा ठूलो शक्ति हो । तर हाम्रो इतिहास गहिरेर बुझ्ने र बहुआयमबाट विश्लेषण गर्ने काम कमै भएको छ । सायद हाम्रो चश्मा विदेशी छ । कतिपय मानिसदे पृथ्विनारायण शाहालाई सामन्ति, साम्राज्यवादी संज्ञा पनि दिए । तर वास्तवमा उनी एक साम्यावादी क्रान्तीकारी योद्घा थिए । बेलायती साम्राज्यवादीसँग लड्ने एसियाको पहिलो मूलूक नेपाल थियो । त्यसको सुरुवात पृथ्वीनारायण शाहले गरेका थिए ।

पछि उसका सन्तान र वीर योद्घाले अगाडी बढाए त्यो आफ्नो सिमा–सुरक्षा भन्दा पनि अन्तर्राष्ट्रिय साम्राज्य शक्तिसँगको घृणा, अन्याय बिरुद्घको लडाइ थियो ,अन्तराष्ट्रिय साम्राज्यसंग एक जुट भएर लड्न उनले सानासाना राज्य एकीकरण गरे । सन् १८१४ मा नेपाल सरकारले चीनको छिनराजवंशका सम्राटलाई तीब्बत मार्फत चिठ्ठी लेखिएको थियो । त्यस चिठ्ठीमा अन्तराष्ट्रिय साम्राज्यवादसँग लढ्न आव्हान गरिएको थियो । त्यस बेलाको समाज धेरै चेतनशिल , निडर समाज थियो । त्यसबेलाका मानिसको मनमस्तिस्कमा साम्राज्यवादी प्रतिको घृणा, जुन अन्याय अत्याचार , लुटतन्त्र बेलायतले फैलाएको थियो । उनीहरुले दासत्व भन्दा मृत्यु प्यारो ठाने, न त्यसबेला नेपालको जनसंख्या यति धेरै थियो न त आधुनिक हतियार त्यस लडाई नेपालको आत्माबलको र सैद्धान्तिक लडाइ थियो ।

तर, हाम्रो इतिहासले यसरी व्याख्या गरेन केबल राजाको अहङकार पुरा गर्न लडाई गरेको एक सामान्तिको रुपमा चित्र हुन्छ । साम्राज्यवादी शक्तिसँग लड्नु कम्युनिष्टहरुका पहिलो कर्तव्य हो । त्यसमा पृथ्वीनारायण उनका सन्तति र महान योद्घाको ठुलो योगदन छ, बलिदान छ । नेपालले धेरै कम्युनिष्ट योद्घा गुमाइ सकेको छ । हामी नेपाली हुनुमा गर्व गछौ । त्यो सबै नेपाली कम्युनिष्ट योद्घाको देन हो । ती सम्पूर्ण साम्यवादी योद्घालाई एक मुष्ठ लाल सलाम ।

प्रकाशित मिति : भाद्र १६, २०७६ सोमबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]