देउवालाई ओलीको जवाफ – एमालेको घोषणापत्रमा मान्छे होइन, समृद्धि मात्रै देखिन्छ
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको घोषणा पत्रमा जनताको आँसु मात्रै देखिने बताएका छन् । उनले गठबन्धनको घोषणापत्रमा विकास नदेखिएको स्पष्ट पारे ।
झापाको सुरुङामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले एमालेको घोषणा पत्रमा शेरबहादुर देउवाले भने जस्तो मान्छे नदेखिने बताए । उनले भने, एमालेको घोषणा पत्रमा विकास मात्रै देखिन्छ । एमालेको घोषणा पत्रमा सडक, पुल, विधालय, स्वास्थ्य संस्था, बृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता, देश बनाउने योजना, समृद्ध नेपालको खाका, जनताको खुशी मात्रै देखिने उनको भनाई छ ।

गठबन्धनका नेताहरुले एमालेको घोषणापत्रमा मानिस नदेखिएको भन्ने भनाईलाई ओलीले भने, एमालेको घोषणापत्रमा विकास मात्रै देखिन्छ, मान्छे देखिदैन । उनले बैशाख ३० पछि गठबन्धनको हालत देखिने बताएका छन् ।
कनकाईका चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका लागि कनकाईमा राजेन्द्र पोरखरेलको नेतृत्वलाई अघि बढाएको बताए । यसअघिको कार्यकालमा गरेको विकासलाई मुल्याङकन गरेरै उम्मेद्वार दोहो¥याएको उनको भनाई थियो । ओलीले भने – ‘कनकाईका जनताले चाहेको विकास राजेन्द्रबाटै संभव भएकाले मैले उनैलाई उठाएको हो । तपाइहरुले जिताउने कुरा थाहा पाएरै मैले यो निर्णय लिएको हुँ ।’ अध्यक्ष ओलीले कनकाईमा एमालेबाट उम्मेद्वार बनेका सबैलाई विजयी गराउन आग्रह गरेका छन् । अन्त्यमा उनले भने, कतै अलमतमा नपर्नुहोला, विकास गर्ने एमाले नै हो ।