जेष्ठ ४, २०८१ शुक्रबार

मतदाता शिक्षाको खाँचो

सम्पादकीय
स्थानीय तहको निर्वाचनमा मत खसाल्ने दिन नजिक आइसक्यो । मतदातासँग मतदाता परिचय पत्र छ । उनीहरु संभवत, जनप्रतिनिधि चुन्ने सवालमा पनि स्वयम् जानकार नै हुनुपर्छ । स्थानीय सरकारमा आफ्नो जनप्रतिनिधि छान्ने सवालमा आतुर मतदातालाई मत कसरी खसाल्ने भन्ने बारे पूर्ण जानकारी छैन । मतदाता शिक्षाको अभावका कारण धेरैभन्दा धेरै मत बदर हुने गरेको छ । उम्मेद्वारहरु आफुलाई मत मागिरहेका छन्, तर कसरी मत खसाल्ने भन्ने बारे मतदातालाई शिक्षा दिन सकिरहेका छैनन् । किनभने उम्मेद्वारहरुलाई हतारो पनि छ ।

राज्यको पुनर्संरचनाअन्तर्गत ४ सय ८१ गाउँपालिका, २ सय ४६ नगरपालिका, १३ उपनगरपालिका र ४ महानगरपालिकाहरूमा निर्वाचन हुन लागिरहेको छ । स्थानीय सरकारद्वारा जनताका घरदैलोमा सरकारी सेवा–सुविधाहरू उपलब्ध गराउन सक्ने भएकोले यस निर्वाचनको विशेष महत्व रहेको छ । स्थानीय तहमा आफ्नो गाउँ–ठाउँलाई विकास गर्न सक्ने सक्षम व्यक्तिलाई निर्वाचित गरी असल नागरिकको कर्तव्य निर्वाह गर्नुपर्ने समय आएको छ । तसर्थ विवेकपूर्वक सक्षम नेतृत्व चयन गर्न मतदातालाई मतदाता शिक्षाको आवश्यकता हुन्छ ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि प्रभावकारी अभियान सञ्चालन गर्न सकेको छैन । मतदाता शिक्षा अभावले अमुल्य म तबदर हुने घटना धेरै छ । निर्वाचन आयोगले डिजिटल विधिको प्रयोग गरेर मतदाता शिक्षा प्रदान गर्ने प्रयास गरेको छ । त्यसको पहुँचमा सबै मतदाता छैनन् । यसैले आयोगसँगै दलहरुले भौतिक रुपमा उपस्थित भएर शिक्षा प्रदान गर्न जरुरी देखिन्छ । कतिपय ठाउँमा थोरै म तबदर हुँदा पनि पराजित हुनुपरेको घटना छ । यसैले समय कम भए पनि मतदाता शिक्षा प्रदान गर्ने सवालमा सबैको प्रभावकारी भूमिका आवश्यक छ ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]