बैशाख १७, २०८१ सोमबार

हल्दिवारीमा एमालेको घरदैलो तीब्र

हल्दिवारी – झापा हल्दिवारी गाउँपालिकामा नेकपा एमालेका उम्मेद्बारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
अध्यक्ष पदका उम्मेद्बार डम्बरबहादुर गिरी ,उपाध्यक्ष पदका उम्मेद्बार शान्तादेवी गौतम र वडा नम्बर ४ का वडाध्यक्ष पदका उम्मेद्बार रन्जित मेचे सहित सदस्य पदका उम्मेद्बारहरुले मतदाताका घर-घर पुगेर आफ्ना एजेन्डा सुनाउंदै मत मागिरहेका छन् ।

बुधबार वडा नम्बर ४ स्थित ऎनावारि, मेचे गाउँ लगायतका ठाउँमा घरदैलो सम्पन्न गरिएको निर्वाचन परिचालन समिति संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए । एमाले उम्मेद्बारहरुलाई स्थानीयले विशेष गरि बाटो , बिजुली र खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

उम्मेद्बार संगै आएका नेताकार्यकर्तालाई स्थानीयले बिकासको काम एमालेले शुरु गरेको र दुस्ख सुखमा एमालेले नै सहयोग गरेको भन्दै सुर्य चिन्न हाम्रो लागि एकमात्र मतदान गर्ने चिन्न भएको बताए । अध्यक्ष पदका उम्मेद्बार गिरीको पहलमा भएका बिकास संगै जनता आवास कार्यक्रमलाई सबै गरीबका आँगनमा पुर्याउन आग्रह गरेका थिए ।

जनताको कुरा सुन्दै उनिहरुले एमालेको सरकार जनताको सरकार भएकाले स्थानीयको आवश्यकतालाई पहिलो प्राथमिकता दिने बताए । वडाध्यक्षका उम्मेद्बार मेचेले वडा बासी र मेचे समुदायको समस्या आफ्नो समस्याको रुपमा बुझेको र यसलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । उम्मेद्बारहरुलाई स्थानीयले गाउँको समस्या सुनाउदै स्वागत गरेका थिए।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]