बैशाख ६, २०८१ बिहीबार

अर्जुनधाराको पहिलो प्राथमिकता धनिपुर्जा वितरण हुनेछ : गोम्देन

अर्जुधारा । अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले भूमिहीन र अव्यवस्थित बसोबासको समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्ने बताएका छन् ।

नेकपा एमालेबाट मेयर पदका प्रत्यासी गोम्देनले अर्जुनधारामा रहेका भूमिहीन जनताहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासमा रहेकाहरुलाई जग्गा धनिपुर्जा बितरण गर्ने आफु नेतृत्वको स्थानीय सरकारको पहिलो प्राथमिकता हुने प्रतिबद्धता जनाए ।

अर्जुनधारा नगरपालिकाको ४ नम्बर वडाका जनतालाई चुनावी घरदैलोका क्रममा आयोजित कोणसभामा बिहीवार सम्बोधन गर्दै तामाङले सुकुम्बासी समस्या समाधानका लागि अर्जुनधारामा भुमि व्यवस्थापन शाखा समेत निर्माण भएकाले आफुहरुको नेतत्वले पहिलो प्राथमिकताका साथ भुमि सम्बन्धि समस्याको समाधान गर्ने बताए ।

उनले स्थानीय जनताले जोतभोग गरिरहेको अव्यवस्थित जग्गाको लगत संकलनका क्रममा स्थानीय सरकारले संकलन गरेको राजश्व सुरक्षित रहेको भन्दै हल्लाका पछि नलाग्न समेत आग्रह गरे ।

यसअघि अर्जुनधारा नगरपालिकाले अव्यवस्थित जग्गाको लगत संकलनको क्रममा प्रतिकठ्ठा ५ सय रुपौँयाको दरले राजस्व संकलन गरेको थियो । सम्बोधनका क्रममा गोम्देनले जनताले जोतभोग गरिरहेको तथा अव्यवस्थित बसोबास भएको स्थानको प्रति १० कठ्ठा जग्गाको धनिपुर्जा निशुल्क उपलब्ध गराउने समेत प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]