जेष्ठ ४, २०८१ शुक्रबार

भोट नमाग्ने दिन आओस्

सम्पादकीय
गाउँदेखि शहरसम्म चुनावमय छ । बालकदेखि वृद्धसम्म चुनाव कै चर्चा छ । विहानको झुल्के घामदेखि साँझसम्म गाउँ शहरमा भोट माग्नेहरुको लर्को छ । कोहि लौरो चुनाव चिन्ह भन्दै आइरहेका छन् । त, कोही जेब्रामा भोट मागिरहेका छन् । कतै भोट के मा सुर्यमा भन्ने चुनावी गित बजाउँदै गाउँ पसिरहेका छन् । वास्तवमा अहिले चुनाव लागेको छ । मत खसाल्ने दिन नजिक आइरहेको कारण दलहरुलाई भोट माग्ने हतारो छ । अस्तव्यवस्त हिसावले उम्मेद्वारहरु मतदातासम्म पुगिरहेका छन् । सबैले आफैलाई भोट दिए हुन्थ्यो भनिरहेका छन् । यथार्थमा त्यस्तो संभावना हुदैन ।

भोट माग्ने परम्परा नयाँ होइन । विगतदेखिका चुनावमा भोट मागेरै निर्वाचनमा उम्मेद्वारहरु सहभागी भइरहेका छन् । भोट माग्न विभिन्न विधिहरु समेत अपनाइएको छ । यो सञ्चारको समयमा व्यापक रुपमा नयाँ–नयाँ विधिबाट भोट माग्ने काम भइरहेको छ । उम्मेद्वारी मनोनयनदेखि निर्वाचन आयोगले दिएको समय सीमासम्म भोट माग्ने गरिन्छ । अर्थात, आचारसंहिता अनुसार उम्मेद्वारहरु मतदातासम्म पुगिरहेका छन् । भोट नमाग्दा पाइदैन कि भन्ने बुझाई दलहरुको मनस्थितिमा छ । यसलाई परिस्कृत गरेर नयाँ प्रयोग गर्ने समय आएको छ ।

आउँदो चुनावहरुमा यस प्रकारका घरदलो, प्रचार प्रसार बन्द गर्नुपर्छ । किनभने, आम नागरिक यस कार्यबाट आजित छन् । त्यति मात्र होइन, यसले चुनावलाई खर्चालु पनि बनाइरहेको छ । गाउँघरमा घन्किएका ठुला आवाजले रोगी, विरामी, बालबालिका र वृद्धहरुलाई असर गरेको छ । ध्वनी प्रदुषणले आम नागरिक थकित भइसके । राम्रो काम गरेर जनतालाई खुशी तुल्याउने हो भने मत मागिरहनुपर्छ जस्तो लाग्दैन । चुनावका बेला उम्मेद्वार दिदाँ मात्रै मतदाताले चिन्ने अवस्था छ भने भोट माग्नैपर्छ । तर, अन्य समय पनि नागरिकको सेवामा अविराम लाग्ने हो भने खुशी भएर भोट अवश्य दिनेछन् । मतदातालाई सधैं सेवा गर्ने हो भने यसरी पक्कै भोट माग्नैपर्दैन ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ४ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]