चैत्र १६, २०८० शुक्रबार

अर्जुनधारामा योजना आयोग गठन गरेर काम गर्ने

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले नगर योजना आयोग गठन गरी अर्जुनधारालाई समृद्ध र विकसित नगर बनाउने प्रतिबद्धता जनाएका छन् ।

अर्जुनधारा ५ नम्बर वडामा शनिवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले केन्द्रीय सरकारले संचालन गरेको राष्ट्रिय योजना आयोग जस्तै स्थानीय सरकारले पनि नगर योजना आयोग गठन गरेर नगरको समृद्धि र विकास गर्ने बताए ।

उनले नगर योजना आयोगमा विज्ञहरुको टिम निर्माण गरि नगरको सम्भावनाहरुको पहिचान गरेर उचित र वैज्ञानिक ढंगबाट विकास गर्ने आयेजना रहेको बताएका छन् । प्रदुषणरहित, बिषदीरहित नगर निर्माण गर्न र शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार लगायतका क्षेत्रको समान विकासकालागि आयोगले बिशेष भुमिका खेल्ने गोम्देनले बताएका छन् ।

त्यस्तै गोम्देनले नगरपालिकामा आफुहरु विजयी भए प्रत्येक वडावडामा लोकसेवा आयोगको निशुल्क कक्षा संचालन गरी राष्ट्र सेवक कर्मचारी उत्पादन गर्ने योजना रहेको बताएका छन् । बाटो बिजुली लगायतका भौतिक पूर्वधार मात्रै विकास नभएको बताउदै उनले नागरिकको जिवनस्तर बृद्धि र चेतनास्तर विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता जनाए ।
१० नम्बर वडाको निर्वतमान वडाअध्यक्ष गोम्देनले आफु नेतृत्वको टिम नगरपालिकामा विजयी भएमा शनिश्चरे अस्पताललाई सुबिधा सम्पन्न बनाउने र प्रत्येक नगरबासीलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि जग्गा समेत व्यवस्थापन भईसकेको उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधाराको उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले आफु बालबालिकाको अभिभावक र जेष्ठ नागरिकको सहारा बन्ने गरि काम गर्ने बताएकी छन् । उनले एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै आफु पनि न्यून स्तरको परिवारको सदस्य भएकाले नगरबासीको समस्या समाधान गर्न सदैव काम गर्ने प्रतिबद्धता जनाइन् । उनले नगरका नागरिकहरुलाई प्राबिधिक शिक्षासहित स्वरोजगार बनाउन पहल गर्ने बताइन् ।

चुनावी कोणसभामा वडा नम्बर ५ का वडाअध्यक्ष पदका उम्मेदवार डम्बर कुमार घिमिरेले पनि आफुहरुलाई विजयी गराउन आग्रह गरिन् । सदस्य पदका उम्मेदवारहरु लक्ष्मी प्रसाद खनाल, रोहित कुमार चौधरी, चन्द्र कुमारी तामाङ र रिता नेपालीले पनि मतदाता समक्ष मत दिन आग्रह गरेका थिए ।

कार्यक्रममा चर्चित कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा) ले बलदेव गोम्देन नेतृत्वको टिम अर्जुनधाराको विकासका लागि उपयुक्त भएकाले विजयी गराउन आग्रह गरेका थिए । राइसहित नायीका रजनी गुरुङ (मंगलीले) पनि कार्यक्रममा प्रस्तुती राखेका थिए ।

नेकपा एमाले अर्जुनधाराले चुनावी घरदैलो अभियान अन्र्तगत अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा शनिबार मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]