जेष्ठ ४, २०८१ शुक्रबार

सेवक नबन्दा गाह्रो

सम्पादकीय
स्थानीय तहको आसन्न निर्वाचनमा धेरै उम्मेद्वारले ‘जनप्रतिनिधि शासक होइन, सेवक हो’ भन्दै आएका छन् । उम्मेद्वारहरुले मतदातालाई प्रभावित बनाउनका लागि मिठा भाषण, सुनौंसुनौं लाग्ने अभिव्यक्ति दिइरहेका छन् । बैखाख ३० गते हुने निर्वाचनका लागि उम्मेद्वारहरु घरघरमा जाँदै भोट मागिरहेका छन् । वितेको पाँच वर्षमा जनताले जनप्रतिनिधिको मुल्याङकन राम्रैसँग गरेका छन् । पाँच वर्षे कामको मुल्याङकन कै आधारमा अहिले मत माग्ने र दिन्छु भन्नेहरु विश्वास दिलाइरहेका छन् । वास्तवमा विगतको कामलाई सबै मतदाताले मुल्याङकन गरेको स्पष्ट छ ।

गाउँपालिका र नगरपालिकाको निर्वाचनका लागि उम्मेद्वारहरु घरघर मत माग्दैछन् । यो बेला पहिलो पटक उम्मेद्वार भएकाहरुसँग आम नागरिकले धेरै आशा व्यक्त गरिरहेका छन् । ०७४ को निर्वाचनमा निर्वाचित जनप्रतिनिधि जो पाँच वर्ष राम्रो काम गरेर मन जिते उनीहरुको लागि आम मतदाता खुशी देखिन्छन् । मतदाताको पक्षमा काम नगरेका जनप्रतिनिधिहरु अहिले भोट माग्न हिड्ने परिस्थिति समेत छैन । बाध्यताले हिड्नेहरुप्रति मतदाता सकारात्मक छैनन् । र, नयाँ उम्मेद्वारहरुलाई मतदाताहरुले सवक पनि सिकाइरहेका छन् ।

पाँच वर्षको कार्यकाल काम गर्न कै लागि पर्याप्त समय थियो । धेरै स्थानीय तहमा राम्रै काम पनि भए । जसका कारण मतदाता, नगरबासी खुशी छन् । तर, काम नगर्नेहरुका कारण नयाँ उम्मेद्वारहरुलाई समेत चुनौति छ । मतदाताले अघिल्लो निर्वाचनमा विजयी हुनेहरुले हेर्दै नहेरेको सम्म गुनासो राखेका छन् । जितेपछि पाँच वर्षसम्म गाउँ फर्किएर नआएको सुनाइरहेका छन्, मतदाता । अहिलेका जनप्रतिनिधिहरुले यसै गुनासाहरुलाई सधै स्मरण गरेर जनताको सेवामा समर्पित हुने हो भने अर्को निर्वाचनसम्म मतदाताले गुनासो राख्ने छैनन् । र, राम्रो काम गर्नेहरुलाई फेरि जिताइदिने छन् ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]