बैशाख १५, २०८१ शनिबार

चकचकीका मतदाता भन्छन्, एमालेलाई भोट नदिएर कसलाई दिनु ?

राजगढ । नेकपा एमाले बाह्रदशीले घरदैलो अभियानलाई अन्तिम चरणमा पुराएको छ । वडा नं. १ देखि ५ नम्बर सम्म सम्पन्न गरेको घरदैलो आजबाट ६ नम्बरमा शुरु गरिएको अनेरास्ववियुका नेता सुरज कोइरालाले जानकारी दिए । उनका अनुसार घरदैलोमा एमालेप्रति आम मतदाताको सकारात्मक शुभेक्षा प्राप्त भइरहेको छ ।

गाउँपालिकाका अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता खरेल, वडाध्यक्ष र सदस्यहरुसहित घरदैलो गरिरहेका छन् । घरदैलोका क्रममा अधिकांश मतदाताले एमालेलाई जीतको शुभकामना दिइरहेका छन् । मतदाताले यसअघिकै जनप्रतिनिधि जस्तो व्यवहार गरे अर्को भोट नमाग्न सूझाव समेत दिएका छन् ।

शनिवार बाह्रदशी ४ को चकचकी क्षेत्रमा घरदैलो भएको थियो । मुस्लिम समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा एमालेले देवेन्द्र चम्लागाई अध्यक्षमा उठाएर धेरै राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् । जनप्रतिनिधि नबन्दै उनले सो क्षेत्रमा शिक्षासेवा मार्फत ठुलो योगदान गरेको बताएका थिए ।

चकचकीका एक युवा भन्छन्, उहाँको विधालयमा अध्ययन गरेर हामी यहाँसम्म आएका छौं । उहाँ मार्फत शिक्षाको ज्योती प्राप्त भयो, उहाँलाई सामाजिक काम गर्ने ठाउँमा पु¥याउने जिम्मेवारी हामी सबैको हो । सोही गाउँमा महिलाहरुले यसअघिको निर्वाचनमा विजयी हुने जनप्रतिनिधि गाउँ फर्किएर समेत नआएको गुनासो गरे । उनीहरुले चुनाव जितेर जनताको समस्यामा हाजिर हुन आग्रह गरेका छन् ।

कतिपयले एमालेका उम्मेद्वाहरुलाई अग्रिम बधार्ई समेत दिएका छन् । उनीहरुले गाउँगाउँका समस्या समाधान गर्न बेलाबेला गाउँ पनि आउनुपर्ने सूझाव दिए ।

एक मुस्लिम समुदायका वृद्धले अध्यक्षका उम्मेद्वार चम्लागाईलाई एमालेका लागि मुटु दिन तयार रहेको भन्दै सुर्यमा मतदान गर्ने कुरा आफ्नोलाई सामान्य भएको बताए । एमालेले केहि गरेर देखाउँछ भन्ने आशा सबैलाई भइसक्यो, उनले भने – एमालेलाई भोट नदिएर कसलाई दिनु ?

चकचकी बजार दक्षिण क्षेत्रमा विरिङ नदिको कटान ठुलो समस्या बनेको छ । स्थानीय नागरिकले नदी कटान नियन्त्रण, सडक निर्माण गरिदिन आग्रह गरेका छन् । अध्यक्षका उम्मेद्वार चम्लागाईले जनताको दुखलाई आफ्नो दुख सम्झिएर समाधान गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]