बैशाख १३, २०८१ बिहीबार

एमालेको उम्मेद्वार देखेर अर्जुनधारामा कांग्रेसले उम्मेद्वार नै परिवर्तन गर्यो : खरेल

अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् ।

आइतवार अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहेका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहे पनि औपचारिक घोषणाका लागि बैशाख ३० पर्खिएको बताए ।

उनले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले यूवा नेता बलदेव गोम्देन ताामङलाई मेयर पदको उम्मेदवार बनाएसंगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताएका छन् । गोम्देन उम्मेदवार चुनिएसंगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गरे ।

अहिले देखिएको नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उनको भनाई छ । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ बर्षको अवधिमा १० नम्बर वडामा वडाअध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव र कटिबद्धता नै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो ।

नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुलीलाई समृद्ध नगर निर्माण गर्ने योजना पुरा गराउनका लागि सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरे ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]