बैशाख २०, २०८१ बिहीबार

कनकाईमा ०७४ को निर्वाचनमा भन्दा धेरै मतान्तरले जित्छौं : पोखरेल

सुरुङा । कनकाई नगरवासीको विश्वास, माया, भरोसा र नेकपा एमालेको मजबुत संगठन, समर्पित कार्यकर्ता, अनुभवी नेतृत्व, उत्साही युवा, पार्टीका वरिपरि गोलबद्ध भएका बुद्धिजीवी, आम किसान, मजदुर, व्यापारी, व्यवसायी सबैको समर्थनमा कनकाई नगरका ४७ वटै पदमा नेकपा एमालेले जीत हासिल गर्ने नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

विगत ५ वर्षमा आफू र आफ्नो टिमले गरेका जनमुखी काम तथा नेकपा एमाले कनकाईले अघि सारेका चुनावी प्रतिबद्धता नै आफ्नो जीतको आधार भएको उनको भनाइ छ । पोखरेलले मेयर, उपमेयर, वार्ड अध्यक्ष लगायत वार्ड सदस्य सबै पदमा २०७४ सालको चुनावभन्दा बढी मत अन्तरले विजय हुने दावी गरे ।

नेकपा एमालेको संगठन अत्यन्तै परिपक्व, दृढ र कर्मशील कार्यकर्ताको बलमा बनेको कारण यसलाई कसैले हल्लाउन नसक्ने, एमालेका कार्यकर्ता र समर्थकको बलमा जीत हासिल गर्ने विपक्षीको चाहना फगत सपना मात्र रहेको उनले बताए । एमालेका कार्यकर्ताको एकता, जुझारुपन र क्रियाशीलतासँग अन्य दलले प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाइ छ ।

९ वटै वडाको सामूहिक घरदैलो कार्यक्रम सकिएको र अब मतदाता शिक्षाका लागि हरेक वार्डका टोलटोलमा कार्यकर्ता खटेको पोखरेलको भनाइ छ । यसअघि सुरुङ्गा गाविसको उपाध्यक्ष र कनकाई नगरको प्रमुख सफलतापूर्वक चलाई अनुभव पनि हासिल गरिसकेका पोखरेलसहित सम्पूर्ण एमालेका उम्मेदवार आफ्नो विजयमा विश्वस्त रहेको पाइएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ३ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]