कुन बुज्रुकले सातै छाप रुखमा भनेर सिकाएछन् : धर्मशिला
बिर्तामोड । नेकपा माओवादी नेता एवम् प्रतिनिधिसभा सदस्य धर्मशिला चापागाईले स्थानीय निर्वाचनमा गठबन्धन गरिएको कुरालाई ख्याल गर्न आग्रह गरेकी छन् ।
उनले सातै छाप रुखमा भोट मागिएको भन्दै गठबन्धन नभुल्न आग्रह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले गठबन्धनका उम्मेद्वार छन् भन्ने कुरा थापा पाएनछन् कि क्याहो ? भन्दै प्रश्न उठाएकी छन् ।
झापाको अर्जुनधारामा सातै छाप रुखमा भोट मागेको उल्लेख गर्दै सञ्जालमा उनले लेखेकी छन्, अर्जुनधारा तिर खै कुन बुज्रुकले सातै छाप रुखमा भनेर सिकाएछन् है ।
