बैशाख २४, २०८२ बुधबार

बिर्तामोडको देवी माविमा दोहोरो भर्ना बारे सूचना माग

बिर्तामोड । देवी मावि बिर्तामोडमा पाँच वटा सूचनाका लागि सूचनाको हक अन्तर्गत रहेर निवेदन दर्ता गरिएको छ । विधालयले केहि विधार्थीलाई दोहोरो भर्ना शुल्क लिएको विषयमा सूचना माग गर्दा प्रधानाध्यापक अम्बिका श्रेष्ठले निबेदन दर्ता गर्नुपर्ने बताए पछि पत्रकार प्रदीप परियारले आज निवेदन दर्ता गराएका छन् ।

सो विधालयसँग चालु शैक्षिक सत्रमा दोहोरो भर्ना भएका विधार्थीको नामावली, गत शैक्षिक सत्रमा दोहोरो भर्ना भएका विधार्थीलाई फिर्ता गरिएको शुल्कको भरपाई, विधालय परिसरमा विच्छ्याएको टायल खरिद प्रक्रियाको प्रमाणित कागजात र विल भरपाई, ०७५ सालमा कक्षा – १२ का विधार्थीलाई गराइएको भ्रमणको खर्चको प्रमाणित विल भरपाई र कक्षा १ देखि १२ कक्षा सम्मका विधार्थीको भर्ना शुल्क र मासिक शुल्क तय गरिएको निर्णयको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

सूचना अधिकारी नराखिएको सो विधालयमा प्रधानाध्यापकलाई निवेदन दर्ता गर्न आग्रह गरिएको थियो । प्रअ श्रेष्ठले विधालय व्यवस्थापन समितिसँग समन्वय गरेर निवेदन दर्ता गर्ने बताएपछि निवेदनकर्ताले नै अध्यक्ष ज्ञानुराम प्रसाईलाई अवगत गराएका थिए । अध्यक्ष प्रसाईले कानुन बमोजिम सूचना दिन मिल्ने सबै सूचना दिने बताएपछि प्रअ श्रेष्ठले दर्ता गराएकी हुन् । उनले व्यवस्थापन समितिमा पेश गर्ने गरी दर्ता गराएकी छन् ।

विधालयमा केहि विधार्थीले संकाय परिवर्तन गर्दा दोस्रो पटक पनि भर्ना शुल्क लिएको विषय खोजी भएपछि अभिभावकलाई दवाव दिएको दिइएको थियो । यता, प्रअ श्रेष्ठले विधालयको सफ्टवेयरमा नमिल्ने भएकाले दोस्रो पटक शुल्क लिइए पनि फिर्ता गरिसकेको बताइन् ।

प्रकाशित मिति : भाद्र १७, २०७६ मंगलबार  १ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]