बैशाख २१, २०८१ शुक्रबार

पकड क्षेत्रमा शेरबहादुरको अग्रता कायमै

बिर्तामोड । कनकाई नगरपालिकाको प्रारम्भिक मतपरिणाममा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापा अगाडि देखिएका छन् । कांग्रेसमा विद्रोह गरेका थापाले पहिलो चरणको परिणाममा कांग्रेसलाई तेस्रो बनाएका छन् ।

वडा नं. ८ र ९ को मत गणना भइरहेको स्थानीय पत्रकारले जानकारी दिएका छन् । वडा नं. ८,९ र ५ थापाको पकड क्षेत्र पनि मानिन्छ । सो वडामा पर्ने लक्ष्मीपुर, चप्रामारी र घैलाडुब्बाबाट थापाले एमाले र कांग्रेसलाई पछि पारेका छन् ।

नेपाली कांग्रेसमा ४ दशक राजनीति गरेका थापाले पार्टीबाट टिकट नपाएपछि राजीनामा दिदैं स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनलाई नेकपा समाजवादी र माओवादी समेतले साथ दिएका छन् । थापाको उम्मेद्वारीले नेपाली कांग्रेसलाई क्षति हुन सक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]