बैशाख १३, २०८१ बिहीबार

बाह्रदशी १ मा कांग्रेसको प्यानल नै विजयी

बिर्तामोड । नेपाली कांग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट बिजयी सुरुवात गरेको छ । बाह्रदशी वडा नम्बर १ मा कांग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेको छ । कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् ।

राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर राईले ५३९ र माओवादी केन्द्रका भूमिराज थापाले ५३७ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा कांग्रेसकै विजयप्रसाद अधिकारी, सम्पातलाल गिरी, निर्मला राई र गायत्री ऋषिदेव विजयी भएका छन् ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]