बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधारामा मतान्तर फराकिलो बनाउदै एमाले

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले मतान्तरलाई फराकिलो बनाउदै गएको छ । एमाले विरुद्ध बनेको गठबन्धन करिव ४ सय मतले पछि परिसकेको छ ।

वडा नं. १ को ३५८१ मत गणना गर्दा एमालेका मेयरका उम्मेद्वारले १७५७ मत ल्याएका छन् भने गठबन्धनको मेयरको उम्मेद्वारले १३६४ मत पाएकी छन् । एमालेले मेयरमा ३९४ मतान्तर बनाएको छ ।

यस्तै, उपमेयरमा एमालेले १६५८ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेद्वारले ९१३ मत प्राप्त गरेको छ । उपमेयरमा ७४५ मतान्तर भइसकेको छ ।

वडा नं. १ को सम्पन्न परिणाम अनुसार वडाध्यक्ष कांग्रेसले जितेको छ भने बाँकी ४ सदस्य एमालेका उम्मेद्वारले जितेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]