बैशाख २३, २०८१ आईतबार

लिङ्देनको वडामा राप्रपाको जीत

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो प्यानल नै विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले जीत हात पारेको हो ।

यो वडा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेको वडा हो । हल्दिबारीमा राप्रपा, एमाले, कांग्रेस तथा माओवादी केन्द्रले एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गरेका थिए ।


वडा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता शिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बने ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ५ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]