बैशाख ८, २०८१ शनिबार

बुद्धशान्ति १ को वडाध्यक्षमा एमालेका उम्मेद्वार अनिल वाग्ले विजयी

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार अनिल वाग्ले भारती मतान्तरले विजयी भएका छन् । ६९३ मत अन्तरले वाग्ले विजयी भएका हुन् ।

वाग्ले २०४३ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका हेमन्त बरालले १३५० मत प्राप्त गरेका थिए । राप्रप्राका गिरीराज दङ्गालले भने ७५१ मत प्राप्त गरेका थिए ।

वाग्ले बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्ताहिकका सम्पादक हुन् ।
अध्यक्षमा वाग्लेसँगै सदस्यमा तुलसा खतिवडा रेग्मी, दलित महिला सदस्यमा सुमित्रा बिश्वकर्मा र सदस्यमा मोहन कुमार राई र लक्ष्मीप्रसाद कडेल बिजयी भएका हुन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]