बैशाख १४, २०८१ शुक्रबार

कनकाई १ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । भर्खरै घोषणा गरिएको परिणाम अनुसार एमालेका वडाध्यक्षका उम्मेद्वार सुशिल कुमार पोखरेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा निर्मला खड्का, दलित महिला सदस्यमा संचिता घतानी ल्वागुन र खुल्ला दुई सदस्यहरुमा दलबहादुर थापा र हरि कुमार राई निर्वाचित भएका छन् । अहिले वडा नं. २ र ३ को मत गणना भइरहेको छ । आजै गणना सक्ने तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]