बैशाख १३, २०८१ बिहीबार

कनकाईको मेयरमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित

बिर्तामोड । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् । औपचारिक घोषणाको तयारी भइरहेको स्थानीय पत्रकार आर्यन सिटौलाले जानकारी दिएका छन् ।

झापामा कनकाई नगरपालिका मतगणना सम्पन्न पहलिो स्थानीय तह भएको छ । विना विवाद गणना सम्पन्न गरेको कनकाईमा वडा नं.७ र ८ मा कांग्रेसले जितेको छ । ९ वटा वडा रहेको कनकाईमा बाँकी वडाहरु एमालेले प्यानलै विजयी हासिल गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  १० : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]