चैत्र १६, २०८० शुक्रबार

हल्दिबारीको अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन निर्वाचित

हल्दिबारी। झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् ।

लिङ्देनले ६ हजार ८५६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत पाएका छन् ।

उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत पाइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७००, नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले एक हजार ४५३ मत ल्याइन् ।

पाँचवटा वडामध्ये राप्रपाले दुईवटा, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक–एक वटाको अध्यक्ष पद जितेका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]