बैशाख ७, २०८१ शुक्रबार

बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापा – बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित हुनुभएको छ ।

उहाँले ११ हजार ४०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गर्नुभयो ।

प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]