बैशाख २२, २०८१ शनिबार

अर्जुनधाराको मेयरमा एमालेका बलदेव र उपमेयरमा खड्गमाया निर्वाचित

बिर्तामोड । अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरमा खड्गमाया पराजुली निर्वाचित भएका हुन् ।

मत गणना सम्पन्न भइसकेकाले केहिवेरमा औपचारिक घोषणाको तयारी भइरहेको पत्रकार नन्दलाल खतिवडाले जानकारी दिए । अर्जुनधारामा वडा नं. १ देखि ६ नं. सम्म र वडा नं. ९ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने एमालेले वडा नं. ७, ८, १० र ११ जितेको छ । अर्जुनधारामा एमालेले बहुमत जीत हासिल गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]