बैशाख १९, २०८१ बुधबार

अर्जुनधारामा प्रतिगामी, अवसरवादी गठबन्धन पराजित भयो : नेता खरेल

इन्द्रकुमार राई
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेलले प्रतिगामी, अवसरवादी गठबन्धनलाई परास्त गर्दै अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा एमालेका बलदेवसिंह गोम्देन र खडगमाया पराजुली निर्वाचित भएकोमा खुशी व्यक्त गरेका छन् ।

नेकपा एमाले नगर कमिटीले आइतबार आयोजना गरेको विजय ¥याली शनिश्चरे बजारस्थित देवकोटा चोकमा आइपुग्दा खरेलले ¥यालीलई सम्बोधन गर्दै खुशी व्यक्त गरेका हुन् । गरीब किसानले रोजेको, जनताले चाहेको जनप्रतिनिधि बलदेव र खड्गमाया नै भएको बताएका थिए । नव निर्वाचित मेयर बलदेव र उपमेयर खड्गामायालाई सर्वसाधारण जनताले गलामा लगाई दिएको सयपत्री फुलको माया उनले देखाउँदै यो मालाले सुगन्ध छर्छ । त्यस्तै तपाईंहरु (आम जनता) मा बलदेव जी र खड्गमाया जीले समृद्धका सुगन्ध छर्ने दाबी गरे ।

यस अगाडि जनप्रतिनिधि हरिकुमार राना र कमला खतिवडा आचार्यको पालामा भएको विकास निर्माण कार्यमा केही कमजोरी भएमा सच्याउँदै नयाँ जनप्रतिनिधिले निरन्तरता दिने उनले बताए ।

प्रमुख अतिथि समेत रहेका खरेलले भने, यसअघि मैले शनिश्चरे बजारमा दुई पटक चुनावी आमसभामा बोल्दा बलदेव र खड्गमायाको विकल्पमा अरु कोही प्रतिस्पर्धी नरहने बताएको स्मरण गराए । आफ्नो पार्टीले नगरपालिकाको प्रमुख पद मेयर, उपमेयरसहित वडाध्यक्ष, सदस्यहरु जितेर बहुमत कायम गरेको बताए ।

नवनिर्वाचित जनप्रतिनिधिले ५ बर्षसम्म जनताको सेवा गर्ने आश्वस्त पारेका छन् । विहान १०ः३० बजे शनिश्चरेबाट शुरु भएको विशाल विजय ¥याली सिस्ने – साधुटार बेलटार, खुदुनावारी चोक, सुखानी हुँदै मदनपुर – मिलडाँडा चोक – रातेखाल , पाण्डवपुर–लक्ष्मीपुर ,फुलबारी – बैशाबाडी ,महानन्द चोक– सालबारी , भएर चुथाई कालिस्थान , सेतीपानी लगायत क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिले परिक्रमा गरेको थिए । ¥यालीमा नवनिर्वाचित मेयर ,उपमेयर लगायत जनप्रतिनिधिलाई सर्वसाधारणले अबिर–मालाले स्वागत सम्मान गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]