बैशाख १३, २०८१ बिहीबार

बाह्रदशीका अध्यक्ष उपाध्यक्षद्वारा पदभार ग्रहण, गर्भवती महिलाको भिडियो एक्स–रे निशुल्क गर्ने घोषणा

बिर्तामोड । झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । आज गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

विहान मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण गराएका छन् । उनले सपथग्रहण गराएपछि वडाध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् ।

पद्भार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको निशुल्क भिडियो एक्स–रे गर्ने कार्यक्रम पेश गरिन् । उपाध्यक्षको सो कार्यक्रमलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् । चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निशुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका गरिव, विपन्न महिलालाई लाभान्वित हुने विश्वास गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईले बाह्रदशी गाउँपालिकाको समग्र विकास र संमृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नमूना गाउँपालिका बनाउँदै सबै गाउँपालिकाबासीको हितमा काम गरेर देखाउने बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार  ३ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]