मेयर गोम्देनद्वारा पदभार ग्रहण, पाँच वर्षमा १ हजार आवास निर्माण गर्ने घोषणा
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नवनिर्वाचित मेयर बलदेव गोम्देनले पदभार ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरे लगत्तै मेयर गोम्देनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै पाँच वर्षमा एक हजार आवास बनाउने घोषणा गरेका छन् । गरिव, विपन्न नागरिकका लागि एक हजार आवास निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् । यस्तै, रातो अपांगता कार्ड भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य वीमा गरिने घोषणा गरेको पत्रकार नन्दलाल खतिवडाले जानकारी दिए ।

यस्तै, अर्जुनधारा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालय अर्जुनधाराले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ । निर्वाचित अन्य जनप्रतिनिधिहरुको सपथग्रहण बुधबार गराइने तयारी गरिएको छ ।