बैशाख १५, २०८१ शनिबार

अर्जुनधाराका जनप्रतिनिधिद्वारा सपथग्रहण : समृद्धिका लागि सहयोग गर्ने दलहरुको प्रतिवद्धता

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरुले सपथग्रहण गरेका छन् । आज विहान अर्जुनधारास्थित पितृ भवनमा आयोजित कार्यक्रमका बिच उपप्रमुख खड्गमाया पराजुलीसहित, वडाध्यक्ष र वडा सदस्यहरुले सपथ लिएका छन् ।

नवनिर्वाचित नगर प्रमुख बलदेव गोम्देनले उपप्रमुख पराजुलीलाई सपथ गराएपछि वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका थिए । नगर प्रमुख गोम्देनले मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट सपथ लिएपछि व्यवस्था अनुसार उनले अन्य जनप्रतिनिधिहरुलाई सपथ गराएका हुन् ।

सपथग्रहणसँगै आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा राजनीतिक दलहका प्रतिनिधिहरुले शुभकामना दिएका छन् । कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेससहित अन्य दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै समृद्ध नगरका लागि दलहरुको तर्फबाट सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिएको छ । उनीहरुले निर्वाचनका बेला दलीय रुपमा प्रतिष्पर्धा गरिए पनि आगामी दिनमा विकासका लागि साझा रुपमा सहकार्य गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नगरसभापति हेमराज खरेलले दलहरुबिचमा एक ढिक्का भएर मात्रै विकास निर्माण संभव हुने बताए । उनले नेपाली कांग्रेसको तर्फबाट शुभकामना दिदैं संमृद्ध नगर निर्माणमा पार्टीको तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गिता राईले शुभकामना दिदैं नवनिर्वाचित जनप्रतिनिधिहरुले बनाएको नीति तथा कार्यक्रम कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । कर्मचारीको तर्फबाट जनताको सेवामा जनप्रतिनिधिहरुलाई रचनात्मक सेवा प्रदानमा सहयोग गर्ने उनको भनाई छ ।

पूर्व मन्त्री एवम् कांग्रेस नेता केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरी, प्रदेश सांसद् वृख प्रधान, निवर्तमान नगरप्रमुख हरि कुमार राना, निवर्तमान उपप्रमुख कमला आचार्य, एमालेका नगर इञ्चार्ज दिपेन्द्र लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : जेष्ठ ११, २०७९ बुधबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]